लकडाउनको बेला ललिता निवास जग्गा प्र’क’रणमा मुछिएकाहरू धरौटीमा छुट्दै

काठमाडौं । ललिता निवास जग्गा प्र’क’र’णमा अभियोग लागेका प्रतिवादीहरू विशेष अदालतमा लडाउनको अवधिमा उपस्थित हुँदै धरौटीमा छुटेका छन् । बुधबार विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी, न्यायाधीशहरू बालेन्द्र रूपाखेती र डा. रिव शर्मा अर्यालको इजलासले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन खरिदार श्यामकुमार क्षेत्रीलाई ५० हजार धरौटीमा छाड्ने आदेश गरेको छ ।
गत आइतबार मालपोत कार्यालयमा उपस्थित भएका तत्कालीन नासु श्रीहरि पुडासैनीलाई विशेष अदालतका न्यायाधीशहरू बालेन्द्र रूपाखेती, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजालसले ५० हजार रुपैयाँ धरोटीमा छाड्ने आदेश दिएको छ । अख्तियारले ललिता निवास जग्गा किनबेचमा सहयोग गरेको अभियोगमा मालपोत कार्यालयका तत्कालीन नासु पुडासैनीलाई ४२ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
३ चैतमा विशेष अदालतले ललिता निवास जग्गा प्र’क’र’णमा मुछिएका डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन अधिकृत कृष्णप्रसाद पौडेललाई थुनामा पठाउने आदेश गरेको थियो । विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि उनी सोविरुद्ध सर्वोच्च पुगे । सर्वोच्चले पौडेललाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
त्यस्तै गत सोमबार प्रतिवादी धर्मशोभा शाक्य उपस्थित भएकी थिईन् । अदालतले उनलाई आवश्यक परेको अवस्थामा उपस्थित हुने गरी छाडेको छ । शाक्यको नाममा ललिता निवासको जग्गा देखिएपछि उनलाई अदालतले म्याद जारी गरेको थियो । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग खरिद गरेको बयान दिएपछि अदालतले शाक्यसँग धरौटी मागेन । विशेष अदालतले ११ फागुन २०७६ मा ललिता निवास जग्गा प्र’क’र’णमा मुछिएका ५४ जनाविरुद्ध १५ दिनभित्र अदालतमा उपस्थित हुन म्याद जारी गरेको थियो । त्यसरी म्याद जारी भएको मध्ये हालसम्म ७ जना मात्रै अदालतमा उपस्थित भएका छन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *