काठमाण्डौ, ललितपुर र भक्तपुरमा होटल तथा रेष्टुरेन्ट भोलीदेखि खोल्न छुट

काठमाडौं । उपत्यकाका होटल तथा रेष्टुरेन्ट भोलीदेखि नियमित रुपमा सञ्चालनमा आउने भएका छन् । उपत्यकामा कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी होटल तथा रेष्टुरेन्टमा लगाएको निषेधाज्ञा आदेश भोलीबाट खारेज गरिएको हुनाले भोलीदेखी होटल तथा रेष्टुरेन्टमा आउने भएका हुन् ।
भोलीदेखि काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुको बैठकले होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय गरेको हो । योसँगै लामो समययता बन्द होटल तथा रेष्टुरेन्टहरु खुल्ला हुनेछन् ।
कोरोना भाइरसको रोकथामको उपाय अपनाएर होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न दिइनेछ । चैत्र ११ गतेदेखि लकडाउनको मारमा परेका होटल व्यवसायीहरु यो खबरले निकै नै हर्षित भएका छन् । उपत्यकामा कतिपय होटल तथा रेष्टुरेन्टहरु बन्द भइसकेका छन् । भाडा तिर्न नसकेर व्यवसायी बन्द गरेर हिंड्न थालेका छन् । हजारौंले रोजगार गुमाएका छन् ।
काठमाडौं उपत्यकामा सवारीमा जोर बिजोर प्रणाली कायमै गरिएको छ । खुल्ला स्थानमा भोजभत्तेर गर्न, धार्मिक स्थानमा गतिविधि गर्न, शैक्षिक संस्था र मनोरञ्जन स्थलहरु खोल्न भने निषेध गरिएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *