नक्कली–सक्कली नोट छुट्याउने मेसिन बेलायतबाट ल्याइँदै

काठमाडौं : नेपाल राष्ट्र बैंकले बेलायतबाट ११ लाख ५७ हजार २ सय ९९ डलर बराबरको नोट परीक्षण मेसिन ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकले बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेडबाट सो मेसिन ल्याउन लागेको जनाएको छ । सबैभन्दा कम मूल्यमा यही कम्पनीले बिडिङ गरेको थियो । सो मेसिनले नक्कली, सक्कली, झुत्रा नोट छुट्याउनेछ ।

यो कम्पनीले बिड गरेको आजको विनिमय दरअनुसार नेपाली रुपैयाँ १३ करोड ७७ लाख ७ हजार रुपैयाँ पर्न जान्छ । केन्द्रीय बैंकले आशयपत्र जारी गर्दै बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेड कम्पनीबाट मेशिन ल्यान लागेको जनाएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *