नबिल बैंकको ‘हिरोज अफ नेपाल’मा सेफ सन्तोष शाह सम्मानित

 नबिल बैंकको हिरोज अफ नेपालको दोस्रो संस्करणमा सेफ सन्तोष शाह सम्मानित हुनुभएको छ । शाहले यु।के। को मास्टर सेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारहरुलाई विश्वसामु चिनाउनुका साथै नेपालीको शिष्टाचार र मैत्रीपूर्ण भावलाई पनि प्रदर्शित गर्नुभएको थियो ।

सेफ शाह, बैंकका सिइओ अनिल केशरी शाह र पूर्व मिस नेपाल अनुष्का श्रेष्ठबीच भएको प्यानल छलफलको क्रममा, सेफ सन्तोष शाहले उनको प्रेरणादायक उपलब्धिबारे बोल्नुका साथै उहाँको जीवनका यात्राका चुनौतीहरू पनि वर्णन गर्नुभएको थियो । यो कार्यक्रमबाट प्रेरणादायक क्षेत्रको भित्री तहसम्म पुग्न सफल भएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा बैंकको उच्च व्यवस्थापन तहका अधिकारीहरूको समेत उपस्थिती थियो ।
नबिल बैंकले शाहलाई उहाँको उत्कृष्ट अनुगमनलाई जारी राख्न प्रोत्साहनको रूपमा प्रेरणादायक उपलब्धिका लागि सम्मानित गरेको हो । जसको अनुशरण गर्दै, नबिल बैंकले शेफ शाहको गृह नगरमा ई–पुस्तकालय निर्माण गर्न र ५ महिला विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने समेत बैंकले प्रतिबद्धता जनाएको छ । नबिल बैंकले आगामी दिनहरूमा यस श्रृंखलालाई निरन्तरता दिने योजना बनाएको जनाएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *