भारतले जस्तै चीनले पनि दियो नेपालीलाई ठुलो पिडा

ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङ्गोलामा उत्पादित गलैँचा १६ महीनादेखि नाकाबन्दले गर्दा बिक्री भएको छैन । ओलाङचुङ्गोलामा उत्पादन भएको गलैँचाको प्रमुख बजार चीनका विभिन्न बजारमा खपत हुँदै आएकोे छ ।
सो क्षेत्रका स्थानीयवासीको प्रमुख पेशाका रुपमा गलैँचा उत्पादन गर्ने गर्दछ । समुन्द्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा रहेको ओलाङचुङ्गोलामा हिमाली क्षेत्र भएकाले खेतीपाती हुँदैन । यहाँका समुदायले पशु र गलैँचा उत्पादन गरेर जीविकोपार्जन गर्दै आएको छ ।
हिमाली बस्ती ओलाङचुङ्गोला, याङ्मा, घुन्सा र फले क्षेत्रका समुदायको पुख्र्यौली पेशमाका रुपमा प्रत्येक घर परिवारमा गलैँचा बुन्ने काम गर्दै आएको फक्ताङलुङ –६ टाँसी तेञ्जीङ शेर्पाले जानकारी दिनुभयो ।
लामो समयसम्म ओलाङचुङ्गोलाको टिप्ताला नाकाबन्द खुल्न सकेको छैन । नाकाबन्द हँुदा १६ महीनादेखि उत्पादन गरेको गलैँचा घरमै थन्क्याएर राख्नुपरेको स्थानीयवासी तेञ्जिङ वालुङले बताउनुभयो ।
उहाले भन्नुभयो, “लामो समयसम्म पनि नाका खुल्न सकेन । घरमा उत्पादन गरेको गलैँचा सदरमुका फुङ्लिङ बजारमा लगिएर बिक्री ग¥र्याे भने, आफूले परिश्रम गरेको र लागत पनि उठान मुस्किल पर्दछ ।” लकडाउनका समयमा बुनेको ५० थान गलैँचा घरमै थन्काएर राखेको लामा भुजुङ शेर्पाले जानकारी दिनुभयो ।
एउटा गलैँचाको मूल्य १५ हजारदेखि २७ हजारसम्ममा चीनमा बिक्री हुने उहाँले बताउनुभयो । सरदर हिसाब गर्ने हो भने रु नौ लाख ५० हजार बराबरको गलैँचा घरमै थन्क्याइएको छ ।
नाकाबन्दले सीमा गलैँचा बिक्री हुन नसकेर ओलाङचुङ्गोलामा प्रत्येक घरमा ३० थानको हाराहारीमा गलैंचा घरमा थन्काएर राख्न बाध्यता भएको फक्ताङलुङ – ७ का वडाध्यक्ष छेतेन भोटेले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ओलाङचुङ्गोला गोलाका प्रमुख आयस्रोत गलैँचा हो । त्यही गलैँचा १६ महीनादेखि नाकाबन्दले घरमै थन्क्याएर बस्नुपरेको छ ।” आफूले उत्पादन गरेको गलैँचा बिक्री हुन नसकेपछि दैनिक जीविकोपार्जन गर्न समस्या भएको भोटेले बताउनुभयो ।
आलाङचुङ्गोलाको टिप्ताला नाका हुँदै निर्यात हुने नेपाली उत्पादनमा एक ओलाङचुङ्गोलामा उत्पादन भएको गलैँचा पनि एक भएको व्यापारी तावा च्युङदाक शेर्पाले बताउनुभयो । लामो समयसम्म पनि नाका खोल्ने दुईतर्फ सम्झौता भएको छैन । सरकारको निर्णयानुसार गृह मन्त्रलयले गत हप्ता जिल्ला प्रशासन कार्यालयमा नाकामा आवतजावत गर्न स्थानीयवासीलाई दिनु भनिए परिपत्र भएको छ । सीमा सुरक्षा प्रहरी चौकीदेखि पास लिएर आवतजावत गर्न पाउँने जनाइएको छ ।
गृह मन्त्रलयले नाकाका विषयमा परिपत्र भए पनि एकपक्षले मात्र निर्णय गरेर नहुने चीन मालेला जानकार राख्ने तथा फक्ताङ्लुङ गाउँपालिका प्रवक्ता छेतेन लामाले बताउनुभयो । सिमा तथा नाका जस्तो सम्वेदनशील क्षेत्रमा दुई देशको निर्णयमा मात्र सम्भव हुने उहाँ बताउनुहन्छ । आवश्यक परेमा खाद्य सामग्री चीनले ल्याएर सीमा क्षेत्र छोडी दिनसक्ने चीनका अधिकारीले बताएको उहाँले जानकारी दिनुभयो ।
नेपालको उत्पादन भएको वस्तु भने चीन निर्यात नहुने जनाइएको छ । नेपालको सामग्री निर्यात नहुने भएपछि ओलाङचुङ्गोलाको गलैँचा घरमै थन्क्याएर राख्नुपर्ने टुङ्गो नएको स्थानीवासी बताउँछन् । नेपालकोतर्फबाट नाकाको खुल्ने भए पनि चीनतर्फबाट तत्काल नाका नखुलाउने सङ्केत दिएको लामाले बताउनुभयो । अझ लामो समयसम्म नाका खुल्न सकेन भने ओलाङचुगोललगायत हिमाली बस्तीमा खाद्य सामग्रीको अभव हुने लामाले बताउनुभयो ।
सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन
पाथीभरायाङवरक गाउँपालिकाका उपाध्यक्ष रनमाया गुरुङ अहिले निकै व्यस्त छिन् । घरघरमा स्वास्थ्यकर्मी र साथमा कोशेली लिएर प्रत्येक सुत्केरी भेटघाटमा व्यस्त भएको हुन ।
उहाँले यस चालू आर्थिक वर्षदेखि ‘सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’शुरुआत गर्नुभएको छ । सुत्केरीसँग उपाध्यक्ष कार्यक्रममा स्ुत्केरीलाई पोषिलो खाद्य पदार्थ र स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो ।
गत साउनदेखि चैत ७ गते आइतबारसम्ममा ७८ सुत्केरी घरमा कोशेली पु¥याई सक्नुभएको उहाँले जानकारी दिनुभयो । पाथीभरायाङवरक गाउँपालिका– १ मा २४ सुत्केरी घरमा उपाध्यक्ष गुरुङले कोशेली र सुत्केरीको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यकर्मीसहित पुगिसक्नुभएको छ ।
त्यस्तै वडा नं २ मा २१ जना, वडा नं ४ मा पाँच जना वडा नं ५ मा ९ जना र वडा नं ६ मा १९ जना सुत्केरीको घरमा स्वास्थ्यकर्मी र कोशेली लिएर उपाध्यक्ष आइतबारसम्ममा पुगिसक्नुभएको उहाँले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “आजदेखि वडा नं ३ का सुत्केरी महिलाका घरमा जाने तयारीमा छु ।”
सुत्केरी भएकाको घरघरमा पुगेर सामग्री वितरण तथा सुरक्षित प्रसूतिबारे जनचेतना जगाउने उद्देश्यले कार्यक्रम लागू गरेको पाथीभरायाङवरक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र लिम्बूले जानकारी दिनुभयो ।
सुरक्षित प्रसूति र स्वास्थ्य सन्देशसहित सामग्री वितरण गर्दै आएको उहाँले बताउनुभयो । प्रसूति खर्चबापत सरकारले दिने गरेकोबाहेक एक हजार गाउँपालिकाले स्थानीय सरकार आए यता प्रत्येक प्रसूतिलाई उपलब्ध गराउँदै आएको छ ।
गाउँपालिकाले प्रत्येक वडामा दुई÷दुई महिनामा गर्भवतीको स्वास्थ्य परीक्षणका लागि भिडियो एक्स–रे शिविर सञ्चालन गर्दै आएको छ । स्वास्थ्य परीक्षणपछि थप उपचारका लागि गाउँपालिकाभन्दा बाहिर जानुप¥यो भने प्रतिकोष रु पाँच हजारको दरले उपलब्ध गराउँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरीले जानकारी दिनुभयो ।
सुत्केरी र नवजात शिशुको स्वास्थ्यमा बढी सचेत हुनुपर्ने उहाँले बताउनुभयो । सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमका लागि चालू आर्थिक वर्षमा गाउँपालिकाले रु छ लाख विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । आउँदो आर्थिक वर्षमा अझ प्रभावकारी बनाएर लानका लागि थप आवश्यक बजेटको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *