काठमाडौं। साताको तेस्रो दिन मंगलबार नेप्से ओरालो लागेको छ। मंगलबार धितोपत्र परिसूचक नेप्से २१ दशमलव १६ अंकले ओरोलो लागेको हो। मंगलबार ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४१ अंकले आरोलो लागेको छ।
कारोबारको सुरुवाती समयेदि नै ओरोलो लागेको बजार अन्तिममा आएर २ हजार ५ सय ८६ दशमलव ५१ विन्दुमा झरेर बन्द भयो।
मंगलबार कुल २ सय ५ कम्पनीको १ करोड ७७ लाख १४ अजार ९ सय १२ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार भन्दा बढिको कारोबार भएको छ।
मंगलबार टे«डिङ बाहेकका सबै समूहका सेयर घटेका छन्।
मंगलबार सबैभन्दा धेरै कारोबार नेपाल इन्फ्रास्टक्चर बैंकको भएको छ। उक्त कम्पनीको झण्डै ७४ करोडको कारोबार भएको छ। पछिल्लो समय लगातार बढी रहेको बैंकको सेयर मूल्यमा पहिलो पटक नकारात्मक सर्किट ब्रेक लागेको थियो। निर्फाको सेयर मूल्य घटेसँगै बेच्ने मान्छेको ओइरो लागेको छ।
मंगलबार नेपाल फाइन्यान्सका लगानीकर्ताले भने सबैभन्प्रदा धेरै प्रितकित्ता ३० रुपैयाँका दरले कमाएका छन्।