किसान आन्दोलनमा साथ दिनेलाई जेलमा कोच्न कंगनाको आग्रह !

बलिउड नायिका कंगना रनौत केहि समय अघि सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा चर्चामा थिइन्।
उनले सुशान्तको न्यायको लागि आवाज उठाएकी थिइन्। पछिल्ला दिनमा भने उनी सत्ताको बचाउमा लागेको आरोप छ।

हाल राजधानी नयाँ दिल्लीमा किसान आन्दोलन चर्किरहेको छ। किसानहरु सरकार विरुद्ध संघर्षमा उत्रेकोबारे विभिन्न प्रतिक्रिया आइरहेका छन्।
यो बीचमा दिल्लीमा किसान र प्रहरीबचि झडप समेत भएका छन्। सो बारे कंगनाले सोसल मिडियामा ट्वीट गरेर आफ्नो कुरा राखेकी छन्।
कंगनाले एक भिडियो जारी गर्दै गणतन्त्र दिवसको दिन लाल किल्लामा हमला गरिएको बताएकी छन्।
साथै उनले किसान आन्दोलनलाई कथित किसान भन्दै यसलाई साथ दिनेहरुलाई पनि जेलमा हाल्नुपर्ने बताएकी छन्।

Problem is not just them but each and every individual who supports them and opposes #FarmersBill_2020 they are all aware how important this bill is for farmers still they provoke innocent farmers to incite violence, hatred and Bharat Band for their petty gains ( cont) https://t.co/JW2qU1LM0H
— Kangana Ranaut (@KanganaTeam) December 11, 2020

अन्तिम पटक अध्यावधिक गरिएको: बिहिबार, माघ १५, २०७७&nbsp२०:२४:०४

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *