रणवीर कपुर र नायिका श्रद्धा कपूरले जोडी बाँध्दै

बलिउड अभिनेता रणवीर कपूर र नायिका श्रद्धा कपूरले पहिलो पटक फिल्ममा एक साथ काम गर्ने भएका छन् । भारतिय मिडियाका अनुसार लव रंजनको आगामी फिल्ममा रणवीर र श्रद्धाको जोडी देखिने पक्का पक्की भएको हो ।

रंजनले रणवीरको अपोजिटमा श्रद्धा कपूरको नाम फाइनल गरेका हुन् । समाचारमा जनाइए अनुसार फिल्मको नाम भने फाइनल भइसकेको छैन् । फिल्म रोमान्टिक कमेडी बन्ने बताइएको छ ।
नायक रणवीर कपुर र नायिका श्रद्धा कपुरले एकसाथ चलचित्रमा काम गरेका छैनन् । यसैले, यी दुबै कलाकारका फ्यानका लागि यो खबरले खुशी दिने पक्का छ ।

रणवीरका आगामी फिल्म ‘शमशेरा’ र ‘ब्रह्मास्त्र’ प्रदर्शनको तयारीमा रहेका छन् । चलचित्रलाई सन् २०२१ को मार्च २६ मा रिलिज गर्ने निर्माणपक्षले बताएको छ ।
र यो पनि पढ्नुहोस्
बलिउड अभिनेत्री श्रद्धा कपुरले नेपाली यु्वकसँग बिहे गर्ने हल्ला गाइगुइ सुनिदै आएको हो ।
तर पनि उनीहरुले आधिकारिक रुपमा यस्को घोषणा गरेका छैन्न । अहिले उनीहरु सँगै देखिनुले फेरि यस्ले एकाएक चर्चा पाएको छ ।
श्रद्धाका बुबा शक्त्ति कपुरले भने उनको विवाहको कुरा हल्ला मात्र भएको बताउँदै आएका छन् ।
रोहन बलिउडका चर्चित सेलिब्रिटी फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् । बलिउड बबलका अनुसार श्रद्धा लामो समयदेखि रोहनसँग डेट गरिरहेकी छिन् ।
दुबैले एक अर्कालाई लामो समयदेखि चिन्दछन् ।
३४ वर्षे रोहनको मूलघर काठमाडौं हो । उनका बुवा राकेश श्रेष्ठ काठमाडौंमा जन्मिएका हुन् ।
फोटोग्राफीमा रुची राख्ने राकेश मुम्बई गएर सेलिब्रिटीको फोटो खिच्न थाले र उतै चर्चित भए ।
रोहनको जन्म भारतको मुम्बईमा भएको हो । उनले न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका थिए ।
उनले बुवाको पेशालाई पछ्याउँदै आफू पनि यही क्षेत्रमा स्थापित भए ।
रोहनले फिल्मफेयर, इन्डिया जिक्यू, फेमिना, कस्मोपोलिटन, पिपल आदिका कभर फोटोसुट गरिसकेका छन् ।
उनले बलिउडका शीर्ष कलाकारको फोटोसुट पनि गरिसकेका छन् ।
हेरौ तस्विरहरु ..
रोहनकाे साथमा श्रद्धा
रोहनकाे साथमा श्रद्धा

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *