कान्छी श्रीमती भएर भित्रिएका ८ नेपाली नायिका

धर्म शास्त्रका अनुसार बिहे गरेर बाँधिएको जोडी कहिल्यै छुट्न हुदैन भनिन्छ, तर कुमारी वा कुमार नै हुनुपर्छ भन्ने मान्यता अहिलेको समाजमा हराइसकेको छ । दोस्रो विवाह गर्नु अहिलेको समयमा खासै ठूलो असर पुराउछ जस्तो देखिएको छैन् ।
धेरै नेपाली अभिनेत्रीहरुले पहिले विवाह गरेर छुट्टिसकेका श्रीमान् रोजेका छन् भने कोही श्रीमतीसँगै बस्नेको दोस्री श्रीमती भएर पनि भित्रिएका छन् । पहिल्यै विवाह गरिसकेका पुरुष रुचाएर विवाह गर्ने ८ नेपाली अभिनेत्रीबारे आज जानकारी प्रस्तुत गरिएको छ ।

संचिता लुइँटेलः
अभिनेत्री संचिता लुइँटेल र अभिनेता निखिल उप्रेती सन् २००९ मा भागेर मुम्बई पुगेपछि मात्र यी दुइले विवाह गरेको खुलेको थियो । संचिताको पहिलो विवाह छोटो समयमा नै टुटेको थियो भने निखिल जेठी श्रीमती कोपिलासँगै बस्दथे । यी दुइले विवाह गर्दा निखिलको घरमा नाबालक छोरा पनि थिए । अहिले निखिल दुबै श्रीमतीसँग मिलेर बस्ने प्रयासमा छन् ।
सुस्मिता केसी:
अभिनेता अनमोल केसीकी आमा सुस्मिताले विवाह गर्दा अभिनेता भुवन केसीले पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरिसकेका थिए । भूवन र सुस्मिताको विवाह पनि लामो समयसम्म टिक्न सकेन । सुस्मिताले अब विवाह गरेर ‘जात्रा नदेखाउने’ भन्दै दोस्रो विवाह नगर्ने बताएकी छिन् भने भुवन केसी विभिन्न महिलासँगको सम्बन्धका कारण अहिले पनि चर्चामा रहिरहन्छन् ।
मिथिला शर्माः
मिथिला शर्मा कुशल नेपाली चर्चित अभिनेत्री हुनुका साथसाथै कुशल नृत्याङ्गना पनि हुन् । सहज र जीवन्त अभिनय गर्ने मिथिला शर्माले पूर्व प्रहरी महानिरिक्षक मोतीलाल बोहरासँग विवाह गरेकी थिइन् । बोहोराकी मिथिला दोस्रो श्रीमती हुन् । नेपाल पुलिस क्लबमा नृत्य प्रस्तुत गर्दागर्दै मिथिला र मोतीलालले एक अर्कालाई मन पराउन थालेका थिए । मिथिलाले ५० वर्ष कटेपछि सन् २०१४ मा ७४ वर्षीय मोतीलालसँग विवाह गरेकी हुन् ।
रेखा थापाः
नेपालकै सर्वाधिक पछिल्लो समयसम्म चल्ने यी चर्चित नायिका हुन् रेखा थापा । उनी किशोरावस्थामा नै निर्माता निर्देशक छविराज ओझाकी तेस्री श्रीमती भएर भित्रिएकी थिइन् । करिब १ दशक श्रीमान् श्रीमतीको रुपमा रहेको यो जोडीको सन् २०१२ मा सम्बन्धविच्छेद भइसकेको छ । रेखाले दोस्रो विवाह गर्ने र छविले चौथो विवाह गर्ने हल्ला बेलाबेलामा चल्ने भएपनि उनीहरुले अहिलेसम्म विवाह भने गरेका छैनन् ।छवि र शिल्पाको सम्वन्धको बारेमा केही समयअगाडी सञ्चारमाध्यममा निकै ठूलो बहस भएको थियो ।
सिम्पल खनालः
अभिनेत्री सिम्पल खनाल पछिल्लो समयमा दोस्री श्रीमती भएर विवाह गर्ने नेपाली अभिनेत्रीको सूचीमा परेकी छिन् । उनले बेलायत बसोबास गर्ने एक पाकिस्तानी नागरिकसँग विवाह गरेकी थिइन् । सिम्पल र उनको श्रीमानको यो दोस्रो विवाह हो ।
पूजा चन्दः
अभिनेत्री पूजा चन्दको पहिलो विवाह सफल हुन सकेन । उनी अमेरिकामा बस्दै गर्दा एन्जल्स ब्यान्डका गायक राजु लामासँग प्रेम सम्बन्धमा परिन् र उतै विवाह पनि गरिन् । राजु लामा र पूजा चन्दका पहिलो विवाहबाट हुर्किसकेका सन्तानहरु छन् । पूजा चन्दले आफ्नो फेसबुकमा आफ्नो नाम पूजा आर. लामा भनेर राखेकी छिन् ।
सौजन्य सुब्बाः

अभिनेत्री सौजन्य सुब्बाले पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका छोरा भूपेन चन्दसँग दोस्रो विवाह गरेकी हुन् । सौजन्य र भूपेनले विवाहपूर्व नै आ–आफ्नो डिभोर्स गरिसकेका थिए ।
शर्मिला मल्लः
एक मात्र नेपाली अभिनेत्री हुन् शर्मिला मल्ल । उनी आफ्नो श्रीमानको चौथी श्रीमती हुन् । अभिनेता कृष्ण मल्लले शर्मिलाभन्दा अघि तीनजना महिलासँग विवाह गरिसकेको भएपनि त्यसपछि शर्मिलासँग नै जीवन बिताए । अहिले उनीहरुको दाम्पत्य जीवन ३० औं वर्षको चलिरहेको छ । शर्मिलाका अनुसार कृष्णले तीनजना महिलासँग विवाह गरेको कुरा उनीहरुको छोरा जन्मिसकेपछि मात्र भनेका थिए ।
अभिनेत्री शर्मिला मल्ल चलचित्र जगतमा डेब्यु गर्दा जम्मा १४ वर्षकी मात्र थिइन्। चेलीबेटी, वासुदेव, बादल, के घर के डेरा जस्ता चलचित्रमा काम गरेकी शर्मिला नायिकाको रूपमा लामो समय टिक्न सकिनन्। उमेरभन्दा चाँडै आमाको भूमिकामा अभिनय गर्न थालेकाले नायिकाको यात्रा छोटो भएको उनी आफै स्वीकार्छिन्।
विभिन्न अनलाइनहरुको सहयोगमा

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *