यी चर्चित कलाकारको रोमान्टिक प्रेम प्रस्ताव, जुन पढेर चकित हुनुहुनेछ !

प्रेम एउटा यस्तो महशुस हो, जब कसैलाई प्रेम हुन्छ, उसलाई त्यो प्रेमको बयान गर्नै मुस्किल पर्छ । कोही आफ्नो प्रेमलाई पत्रका मार्फत व्यक्त गर्छन् । कोही वाइन या कोल्ड ड्रिंकको गिलासमा औठी डुबाएर हृदयको कुरा बताउछन् । फिल्म स्टारहरुले पनि आफ्नो यो क्षणलाई विशेष अन्दाजमा सेलिब्रेट गरेका छन् । शाहरुख खान, अक्षय कुमार र अभिषेक बच्चनका प्रेम प्रस्तावको कथा तपाईंले सुन्नुभयो भने तपाईं पनि प्रेममा पर्न सक्नुहुन्छ ।
अभिषेक बच्चनको अभिनेत्री ऐश्वर्या रायसँग विवाह हुनु अघि उनको करिश्मा कपुरसँग इन्गेजमेन्ट भइसकेको थियो । तर बीचमा केही समस्या आएपछि इन्गेजमेन्ट टुट्यो र अभिषेक काममा नै व्यस्त रहे । अभिषेकको भेट ऐश्वर्यासँग फिल्म ‘कुछ ना कहो’को सुटिङ समयमा भएको थियो । त्यो समयमा अभिषेकले ऐश्वर्यालाई मनपराइसकेका थिए । फिल्म ‘गुरु’को समयमा यी दुईबीच प्रेमको महशुस भइसकेको थियो । अभिषेकका अनुसार फिल्म ‘गुरु’को सुटिङका दौरान न्यूयोर्कमा उनले ऐश्वर्यालाई प्रपोज गरेका थिए ।

आफ्नो होटलको कोठाको बार्दलीमा उनी उभिएर ‘कास मेरो विवाह ऐश्वर्या रायसँग भइदिए’ भन्दै सोचिरहेका थिए । पुनः जब उनीहरु फिल्म ‘गुरु’को प्रिमियरका लागि न्यूयोर्क पुगे त्यो बेला अभिषेकले मनको कुरा बताइहाले । अभिषेकले ऐश्वर्यालाई बार्दलीमै लगेर विवाहका लागि प्रस्ताव गरेका थिए । जसलाई ऐश्वर्याले तुरुन्तै स्वीकारिन् ।
अभिशेक र ऐश्वर्या
अभिनेता ऋतिक रोशन र उनकी पत्नी सुजैन खानको प्रेम पनि फिल्म शैलीमै भएको थियो । उनीहरु १२ वर्षको उमेरमै प्रेममा थिए । ऋतिकले पहिलोपटक सुजैनलाई बस स्टपमा देखेका थिए, जसरी उनले फिल्म ‘कहो ना प्यार है’मा उनको पात्रले आफ्नो प्रेमिकालाई देख्दछ । यो घटनापछि उनीहरु दुवैको डेटिङ शुरु भयो ।
वर्षौपछि ऋतिकले सुजैनालई निकै रोमान्टिक शैलीमा प्रपोज गरे । ऋतिकले सुजैनलाई कफीको कपमा एक औठी राखेका थिए । उनीहरुको विवाह पनि भ्यालेन्टाइन डेका दिन भएको थियो । यद्यपि अहिले यो जोडी अलग्गिइसकेको छ ।
ऋतिक रोशन र उनकी पत्नी सुजैन खान
बलिउडका खेलाडी कुमार अर्थात अक्षय कुमारको प्रेम प्रस्तावको किस्सा झनै रोमान्चक छ । अक्षय र ट्वींकल खन्नाको पहिलो भेट फिल्मफेयर म्यागेजिनका लागि गरिएको एक फोटोसुटको समयमा भएको थियो । यही समयमा अक्षयलाई ट्वींकल मन परिसकेको थियो । यद्यपि त्यो समयमा उनीहरु राम्रो साथी बने र पछिमात्र विवाहको चरणमा पुग्यो ।
ट्विंकल त्यो समयमा विवाह गर्न चाहदैन थिइन् । जसै अक्षयले ट्विंकललाई विवाहका लागि प्रस्ताव गरिन्, ट्विंकलले आफ्नो फिल्म फ्लप भयो भने मात्र विवाह गर्ने घोषणा गरिन् । नभन्दै त्यसै भयो । अर्थात ट्विंकल अभिनित फिल्म फ्लप भयो र सर्त अनुसार अक्षयसँग विवाह गरिन् ।
अक्षय र ट्वींकल खन्ना
फिल्म ‘टसन’को समयमा पहिलोपटक अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूरको भेट भएको थियो । यही समयमा दुवैबीच प्रेम सुरु भयो । करीनाका अनुसार फिल्म ‘जब वी मेट’ पछि पेरिसको एक होटलमा सैफले उनलाई प्रपोज गरेका थिए । तर उनले प्रस्तावलाई अस्वीकार गरेकी थिइन् ।
रोचक कुरा त के भने उनका ससुरा मंसूर अली खानले यही शैलीमा शर्मिला टैगोरलाई प्रस्ताव गरेका थिए । जब उनी फिल्म ‘इन इभिनिङ इन पेरिस’को सुटिङका लागि त्यहाँ थिइन् । केही समय पछि मात्र करीनाले सैफको प्रस्तावलाई स्वीकारिन् ।
सैफ अली खान र अभिनेत्री करीना कपूर
अभिनेत्री सोहा अली खानले पनि आफ्नो परिवारको परम्परालाई निभाइन् र अभिनेता कुणाल खेमूले पनि उनलाई पेरिसको त्यही होटलमा विवाहको प्रस्ताव राखेका थिए । त्यसपछि सोहाले ट्वीटरमार्फत आफूलाई कुणालले प्रस्ताव गरेको र विवाह गर्न लागेको जानकारी दिएकी थिइन् ।
कुणाल र सोहा
वर्तमान समयमा मलाइका अरोडा र अरबाज खान अलग्गिएका छन् । तर कुनै समय उनीहरुको प्रेम गज्जबको थियो । मलाइका एक विज्ञापनको सुटका समयमा पहिलोपटक अरबाजसँग भेटेकी थिइन् । यही सुटको समयमा दुवै प्रेममा परे । यसपछि मलाइका र अरबाजले ५ वर्षसम्म एकापसमा डेट गरे ।
एक रात मलाइकाले अरबाजलाई के आफूसँग आगामी जिन्दगी बिताउन तयार हो भनेर सोधेकी थिइन् । त्यसपछि अरबाजले मलाईकालाई दिन र समय तय गर्न भने । त्यसपछि उनीहरुले दुई रीतिरिवाज अनुसार विवाह गरे ।
मलाइका अरोडा र अरबाज खान
अभिनेत्री विपाशा बसुसँग विवाह गर्नु अघि अभिनेता करण सिंह ग्रोवरको दुई विवाह टुटेको थियो । एउटा त ब्रेकअप नै भएको थियो । यसपछि उनले विपाशाको हात समाए । फिल्म ‘अलोन’को समयमा यी दुईबीच प्रेम भएको थियो । दुवैको उमेर अन्तर निकै थियो तर पनि विपाशाले करणसँग विवाह गर्नका लागि स्वीकृत दिइन् ।
करणले विपाशालाई न्यू इयर इभको दिन प्रपोज गरेका थिए । त्यो दिन आकाशमा आतशबाजी भइरहेको थियो । विपाशा यो दृश्यलाई क्यामरा सुट गरिरहेकी थिइन् र करण गएर अचानक उनलाई प्रपोज गरेका थिए । विपाशाले तुरुन्तै अस्वीकार गरिन् र समय लिइन् । त्इसको दुई वर्षपछि असन् २०१६ को अप्रिलमा उनीहरुले विवाह गरे ।
करण र विपासा
शाहरुख खान र गौरी खान कलेजको समयदेखि नै एकअर्कालाई चिन्दथे । दुवैजना एकअर्काको प्रेममा मग्न थिए । विस्तारै विस्तारै उनीहरुको प्रेम शीरसम्म पुग्न थाल्यो । शाहरुख गौरीका बारेमा शंकालु थिए । त्यही कारण एकपटक उनीहरुको ब्रेकअप पनि भएको थियो । त्यसपछि गौरी शाहरुखलाई केही नभनी मुम्बई आएकी थिइन् ।
गौरी मुम्बई आएको थाहा पाएपछि शाहरुख पनि उनलाई खोज्दै खोज्दै मुम्बई आए । निकै लामो समयपछि शाहरुखले गौरीलाई भेटे । जब उनीहरुले एकअर्कालाई भेटे, त्यो बेला उनीहरु निकै रोएका थिए । यसपछि इमोसनल अन्दाजमा शाहरुखले गौरीलाई प्रस्ताव गरेका थिए ।
शाहरुख खान र गौरी खान
अभिनेता फरदीन खान नताशा माधवानीलाई बाल्यकालदेखि नै चिन्दथे । यसपछि उनीहरुको प्रेम भयो र विवाह पनि । फरदीनले नताशालाई प्रस्ताव गर्नका लागि निकै अनौठो शैली अपनाए । फरदीन नताशाका साथ अमेरिकाको फ्लाइटमा थिए त्यही बेला उनले प्रस्ताव राखेका थिए ।
फरदीन खान नताशा माधवानी

अन्तिम पटक अध्यावधिक गरिएको: शुक्रबार, असोज ३०, २०७७&nbsp१८:१३:११

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *