श्रीकृष्ण लुइँटेल ‘बोकेदार्ही’ले १३ वर्षदेखिको बैवाहिक सम्बन्धलाई तोडे

नेपाली सिने तथा संगीत उधोगमा सम्बन्ध जोडिने र तोडिने लहर चलिरहेको छ । यो क्षेत्रमा बर्षौ पुरानो सम्बन्धलाई तोड्ने परम्परा नै भैरहेको छ । यस्तैमा हास्य गायन बिधामा चर्चित भएका गायक श्रीकृष्ण लुईटेल उर्फ बोके दार्हीले पनि डिभोर्स गरेको खबर सार्बजनिक भएको छ ।
उनले श्रीमती रिंकु शर्मासँगको १३ वर्ष पुरानो वैवाहिक सम्बन्धलाई अहिले आएर तोड्न पुगेका हुन् । कोरोना महामारीले निम्त्याएको लकडाउनको यो जटिल अवस्थामा श्रीमान श्रीमती बिच मनमुटाव आएपछि लुईटेलले डिभोर्स गर्ने मनसाय गरेको खबरमा छ ।

११ वर्षीय १ छोरी समेत रहेका उनको खबर अनुसार गएको असोज २६ गते जिल्ला अदालत झापाबाट आधिकारिक रुपमा उनले डिभोर्स गरेका हुन । मोरङको सलकपुर स्थायी घर भएपनी उनी पछिल्लो समय बिर्तामोड बसेर आफ्नो कर्मलाई अघि बढाईरहेका छन् । लामो समयदेखी हास्य गायन तथा कलाकारितामा निरन्तर लागेका लुइँटेलको ‘ए बा किन्देउन भटभटे’ सर्वाधिक हिट गीत हो ।
यस्तै उनको आवाजमा रहेको मुखमा हान्नु जस्तो, बाके बर्दिया, कलियुगको धर्म, साली कमला जस्ता धेरै गीतले सफलता कमाएका छन् । आफ्नो गीतको भिडियोमा प्राय उनी आफै देखिने गर्छन् । उनले पछिल्लो समय दशैलाई लक्षित गर्दै ‘दशै आयो तिहार आयो’ बोलको गीतलाई भिडियो सहित युट्युबमा सार्बजनिक गरेका छन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *