नेहा कक्कडपछि आदित्य नारायणले पनि बिहेको घोषणा गरे

चर्चित गायिका नेहा कक्कडले हालै रोहन प्रित सिंहसँग बिहे गर्ने घोषणा गरेकी थिइन् । उनले २३ अक्टोबरमा दिल्लीमा बिहे गर्दैछिन् ।
उनी केही समयदेखी पंजाबी गायक र अभिनेता रोहनप्रीत सिंहसँग प्रेममा छिन् । रोहनप्रीत रियलिटी शो राइजिंग स्टार २ का रनर-अप हुन् । उनी शो मुझसे शादी करोगेमा पनि देखा परेका थिए ।

भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’की निर्णायक तथा गायिका नेहा कक्कड कुनै न कुनै कारण चर्चामा रहन्छिन् ।
कहिले आफ्नो गीतले त कहिले फोटोका कारण उनको चर्चामा कमी आउदैन । तर अहिले भने उनी विवाह हुने कारणले चर्चामा छिन् ।
नेहा यसै महिनाको अन्त्यमा आफ्ना सथी तथा पन्जाबी गायक रोहनप्रीत सिंहसँग विवाह गर्दैछिन् । यद्यपि यो खबरको आधिकारिक पुष्टि भइसकेको छैन । नेहाको विवाह हुने बारे यो पहिलो चर्चा होइन । यसभन्दा अघि पनि उनको नाम धेरै कलाकारसँग जोडिएर विवाहको कुरा आएको थियो ।

यससँगै इण्डियन आइडलका होस्ट आदित्य नारायण झाले पनि बिहेको घोषणा गरेका छन् । आदित्य नारायणले गर्लफ्रेण्ड श्वेता अग्रवालसँग बिहे गर्ने घोषणा गरेका हुन् ।
आदित्य र श्वेताले २०१० मा आएको फिल्म शापितमा एकसाथ काम गरेका थिए । यसपछि दुवै सम्बन्धमा छन् ।
एक अन्र्तर्वाताको क्रममा आफ्नो १० वर्ष पहिलेको प्रेम सम्बन्धलाइृ अब वैवाहिक बन्धनमा बाधिन तयार भएको बताएका थिए । आदित्यको यो जोडीको पहिलो भेट २०१० मा फिल्म शापितको सेटमा भएको थियो । आदित्यले भनेका छन, ‘सुरुवातमा राम्रो साथी थियौ । दुवैजनाको उमेर सानै थियो, दुवैजनाले करियरमा फोकस गर्न चाहान्थ्यौ ।’
उनले यसै वर्ष विवाह गर्ने जानकारी दिँदै भने, ‘श्वेतालाई परिवारले पनि मन पराएको छ ।’ केही समय पहिले इन्डियन आइडलको सेटमा आदित्य र जर्ज गायिका नेहा कक्कडको बीचमा प्रेम सम्बन्ध र विवाहको कुरा आएको थियो, जहाँ आदित्यका बाबु उदित नारायण झाले नेहा लाई ‘बहु’ को उपाधि पनि दिएका थिए । तर आदित्यले नेहासँगको सम्बन्ध खाली पटकथाको हिसाबले मात्र भएको बताएका छन् ।
केही समयअघि आदित्य र नेहाको सम्बन्धको चर्चा थियो र उनीहरुको इण्डियन आइडलको सेटमा बिहे पनि गराइएको थियो । पछि यो टिआरपी हासिल गर्ने नाटक मात्र भएको खुलासा भएको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको: मङ्लबार, असोज २७, २०७७&nbsp१९:००:२३

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *