जब यी सेलिबेटीको च्याट लिक भयो …

सेलिबेटी हुन त्यति सजिलो छैन । उनीहरुलाई मिडिया देखि लिएर बिश्वभरका फ्यानहरुले नियालिरहेका हुन्छन् । उनीहरुको खानपिन देखि लिएर बोली बच्चन तथा ड्रेसअप सेन्स पनि नियालिरहेका हुन्छन् । त्यसैले उनीहरुले पाईला पाईलामा सतर्कता अपनाउनु पर्ने हुन्छ ।
कहिले भाइरल त कहिले वाही वाही पाउने कलाकारहरु आफ्नो फ्यानहरुको लागि नयाँ नयाँ कुराहरु शेयर गरिरहेका हुन्छन् । धेरैको पारिवारिक सम्बन्ध कस्तो छ ? भनेर चासो राख्ने आफ्नो फ्यानहरुले लागि उनीहरुले आफ्नो च्याट सार्वजनिक गर्ने गरेका छन् ।

भर्खरै मात्र दिपिका पादुकोणले आफ्नो पारिवारिक च्याट सार्वजनिक गरेको छिन् । जहाँ उनको परिवार र रणवीर सिंहको कुराकानी देख्न सकिन्छ । दिपिकाले आफ्नो पति रणवीरको नाम हेण्डसम भनेर सेभ गरेको छिन् ।

त्यस्तै अर्जुन कपुरको बहिनी अंशुला कपुरले पनि आफ्नो परिवारको गुप्र च्याट सार्वजनिक गरेको छिन् । जहाँ उनीहरु बीचमा अत्यन्तै माया र आत्मियता देख्न सकिन्छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *