दुर्घटनामा परेर घाइते भएकी अभिनेत्री उषाले भाबुक हुदै लेखिन् स्टाटस

काठमाडौं । अभिनेत्री उषा रजक अस्पतात भर्ना भएकी छन् । सवारी दुर्घटनामा घाइते भएकी उनलाई मंगलबार साँझ नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । बुधबार राखिएको एक म्युजिक भिडियो छायाँकनका लागि पहिरन छनौट गरेर घर फर्किने क्रममा सानेपामा विपरित दिशाबाट आएको स्कूटरले उनी सवार स्कूटरलाई ठक्कर दिएको हो ।
बुधबार बिहान नै भुइचालो गएपछि उनी निकै अत्तालिएको बताउँछिन् । ट्वीटरमा स्टाटस लेख्दै उनलेगैरजिम्मेवारपूर्ण सडक चालकका लापरवाहीको शिकार बनेकी बताएकी हुन् ।उनले लेखेको छिन्, “हिजो एक चालक अनुमतिपत्र पनि नभएका मान्छेले गलत साइडबाट ओवरटेक गरेर मलाई ठक्कर दिंदा म घाइते हुँदा अस्पताल भर्ना भएकी छु । बिभिन्न पाइपहरुले घोचेर बेडमा बांधिएकी म बिहानीपख ५.३ को भुँईचालो अलार्म बज्दा कहाँ र कसरी भाग्ने भयो । दैवले के पाठ सिकाउन खोज्दैछन्”

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *