यी हुन् इञ्जिनियरिङ पढेर बलिउडमा धुम मच्चाएका चर्चित कलाकार

मुम्बई(एजेन्सी) । ‘यो विश्वमा मनुष्यको तीन प्रजापति छ–पुरुष, महिला र इन्जिनिर’– सहस्राब्दीमा एउटा यो भनाई निकै प्रख्यात छ । कलेजबाट इञ्जिनियर बनेर निस्किएका युवा प्राविधिक क्षेत्रमा मात्र होइन, विभिन्न क्षेत्रमा आफ्नो योगदान दिइरहेका छन् । फिल्मको दुनियाँ पनि यो कुराबाट अछुतो छैन ।
अभिनेत्री तापसी पन्नु बलिउडकी सफल अभिनेत्रीमा गनिन्छिन् । उनको शैक्षिक योग्यता इञ्जिनियरिङ हो । मोडलिङमा करियर बनाउनु अघि उनले दिल्लीको गेरु तेग बहादुर इनिष्ट्च्यिूटबाट इञ्जिनियरिङ गरेकी हुन् । एक अन्तरवार्तामा उनले कलेज पढ्दाताका नै मोडलिङ शुरु गरेको बताएकी थिइन् । यसपछि उनले दक्षिण भारतीय फिल्मबाट फिल्मी यात्रा शूरु गरिन् ।

तपस्वी पन्नु
‘उरीः द सर्जिकल स्ट्राइक’ जस्ता राष्ट्रिय अवार्ड विजेता फिल्ममा अभिनय गरेका विक्की कौशलसँग इन्जिनियरिटङको डिग्री छ । विक्की कौशलले राजीव गान्धी इन्स्टिच्यूट अफ टेक्नोलोजी वर्सोवाबाट पढाई गरेका हुन् । उनलाई फिल्ममा उपलब्धि नीरज घेवानको फिल्म ‘मसान’बाट मिल्यो ।
विक्की कौशल
अभिनेत्री कृति सेनन इलेक्ट्रोनिक इञ्जिनियर हुन् । फिल्ममा आउनु अघि कृति निकै पढालु थिइन् । कलेजको दोस्रो वर्षसम्म उनको पढाई तिब्र नै थियो । उनले सन् २०१४ मा फिल्म ‘हिरोपन्थी’बाट बलिउडमा डेब्यू गरेकी हुन् ।
कृति सेनन
अभिनेता कार्तिक आर्यनले बायोटेक्नोलोजीबाट बीटेक गरेका हुन् । कार्तिकले एक अन्तरवार्तामा आफूले परिवारलाई अभिनयको बारेमा बताउँदा उनीहरु छक्क परेको खुलाएका छन् । परिवारले कार्तिकलाई इञ्जिनियरिङ नछोड्न आग्रह गरिरहेका थिए ।
कार्तिक आर्यन
पछिल्लो समयमा यस अनलाइनमा प्रकाशित भएका खोजमुलक समाचारहरु कपि गरेर आफ्नो साइटमा राख्ने पाइएको हुनाले केटीएम दैनिकको अनुमतिबिना कपी नगर्नुहोला । अन्यथा नेपालको प्रतिलिपी अधिकार ऐन र सामाजिक सञ्जाल फेसबुकको Intellectual Property Right अनुसार उजुरी गरिने व्यहोरा सबैको जानकारीको लागि सूचित गरिन्छ । : सम्पादक

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *