‘कहाँको तिमी कहाँको म’ लिएर आउँदै लक्ष्मी

गएको साउन अन्तिम साता मात्रै आफ्नै शब्द संगीतमा ‘डोयट आईटम सङ’ ‘दिन पनि रातसँग’ रेकर्ड गराएकी गायिका लक्ष्मी हमालको फेरि अर्को गीत रेकर्ड भएको छ । कोरोना महामारीकैबीच लक्ष्मीले आफ्ना दुई सिर्जना रेकर्ड गराएकी हुन् । यसले कोरोना महामारीमा पनि उनको साधना र सिर्जनसिलता प्रकट गरेको छ ।
मंगलबार रेकर्ड भएको गीत भने टिपिकल ‘लोक प्याटर्न’को छ । एक महिना अघि मात्रै रेकर्ड भएको ‘डोयट आईटम सङ’ ‘दिन पनि रातसँग’को काम अन्तिम चरणमा पुगेका बेला लक्ष्मीले लोक प्याटर्नको गीत रेकर्ड गराएकी हुन् । टिपिकल लोक प्याटर्नको ‘कहाँको तिमी कहाँको म’बोलको गीतमा लक्ष्मी आफैँले संगीत गरेकी छन् भने शब्द रचना उनी स्वयंको हो । रेकर्ड भएको गीतमा फिमेल आवाज पनि आफै दिएकी उनलाई मेल भोकलमा भने रक पपमा दरिएका गायक सपन श्रेष्ठले साथ दिएका छन् । एकोष्टिक स्टुडियो नक्सालमा रेकर्ड भएको गीत म्युजिक भिडियोसहित छिट्टै बजारमा आउने गायिका लक्ष्मीले जानकारी दिईन् ।

यी दुई गीत रेकर्ड हुनुभन्दा केही महिनाअघि मात्रै फरक शैलीको रक पप ‘यात्रा’ पस्किएकी गायिका लक्ष्मीको लोक प्याटर्नको ‘कहाँ तिमी कहाँको म’टिपिकल छ । जसमा रोधीमा भेट भएको कुरा र विगतका स्मृतिहरु झल्काइएको छ । यसअघि लक्ष्मीको रक पप ‘यात्रा’ हेर्ने सुन्नेले निकै प्रशंसा गरे । त्यो भन्दा अगाडि ‘के हुँदैछ आजभोलि’ले पनि निकै सफलता पायो । ‘यात्रा’ र ‘के हुँदैछ आजभोलि’को म्युजिक भिडियो ‘दमदार’बनेको छ । जसमा र्‍यापर हस्ती निर्णय एनएसके देखिएका छन् । अब बजारमा आउने ‘दिन पनि रातसँग’ र ‘कहाँको तिमि कहाँकोम’को म्युजिक भिडियो अझ परिस्कृत हुने लक्ष्मीले बताएकी छन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *