साउथ इन्डियन फिल्मका चर्चित कलाकार, जो बलिउडमा टिकिरहन सकेन्न

दक्षिण भारतीय फिल्मका स्टारहरु मूलधारका बलिउडका स्टारजस्तै भारतभर लोकप्रिय छन् । केही साउथ स्टारले बलिउडमा कदम मात्र राखेनन्, दर्शकको पनि दिल जिते । तर पनि उनीहरुले बलिउडमा दक्षिण भारतीय फिल्मको जस्तो सम्मान पाउन सकेनन् । त्यहीकारण बलिउडमा हिट फिल्म दिएर पनि उनीहरु चल्न सकेनन् ।
दक्षिण भारतीय स्टार वेंकटेश चिनाइ रहनुपर्ने कलाकार होइनन् । ९० को दशकमा यी अभिनेताले अभिनेत्री करिश्मा कपुरका साथ ‘अनाडी’ जस्तो ब्लकब्लष्टर फिल्ममा अभिनय गरे । जुन फिल्मको गीत आज पनि दर्शकको मुखमा झुण्डिएको छ । उनले अन्य केही बलिउड फिल्ममा अभिनय गरे, तर राम्रो पहिचान बनाउन सकेनन् । त्यसपछि उनी पुनः दक्षिण भारतीय फिल्ममा नै फर्किए ।

अरविंद स्वामी
तमिल स्टार अरविन्द स्वामीले ‘रोजा’ र ‘बम्बे’ जस्ता ब्लकब्लष्टर फिल्ममा अभिनय गरे । त्यसपछि उनी ‘राजा को रानी से प्यार हो गया’ र ‘सात रंग के सपने’ जस्ता फिल्ममा पनि देखिए । यी फिल्मपछि उनलाई बलिउडका दर्शकले बाइ बाइ नै गरे ।
साउथ सुपरस्टार चिरञ्जीवीले पनि हिन्दी फिल्ममा दर्शकलाई आफूतिर तान्ने प्रयास गरेका थिए । उनले ‘आज का गुण्डाराज’, ‘द जेन्टलमेन’ र ‘प्रतिबन्ध’ जस्ता फिल्ममा अभिनय गरे । तर उनले बढी माया भने साउथ फिल्मबाटै पाए ।
चिरञ्जीवीका छोरा राम चरण पनि फिल्म ‘जंजीर’को रिमेकबाट बलिउडमा डेब्यू गरे । तर उनले आफूलाई स्थापित बनाउन सकेनन् । अभिनेता किच्चा सुदीपले हालैमात्र सलमान खानको फिल्म ‘दबंग ३’मार्फत खुबै चर्चा पाए । यसअघि उनी ‘मक्खी’, ‘फूंक’ र ‘रन’ जस्ता फिल्ममा देखिइसकेका छन् । कन्नड फिल्मका सुपरस्टार किच्चाले आफ्नो क्षेत्रमा जस्तो लोकप्रियता बलिउडमा पाउन सकेनन् ।
तमिल फिल्म स्टार विक्रमले पनि ‘रावण’ र ‘डेविड’ जस्ता हिन्दी फिल्ममा अभिनय गरे । तर उनले तमिलमा जस्तो पहिचान बनाउन सकेनन् । आमिर खानको फिल्म ‘रंग दे बसन्ती’ बाट बलिउडमा गेब्यू गरेका अभिनेता सिद्धार्थले करोडौंको मन जिते । तर पनि उनी बलिउडबाट बाइबाइ भए ।
तमिल सुपरस्टार सूर्याको हिन्दी भाषाका फिल्मप्रेमी दिवाना नै छन् । उनी फिल्म ‘रक्तचरित्र’बाट बलिउडमा डेब्यू गरेका थिए । यो फिल्म पछि उनी बलिउडमा देखिएनन् ।
मलयालम फिल्म उद्योगका पृथ्वीराज सुकुमारनले हिन्दी फिल्म ‘अइय्या’ र ‘औरंगजेब’मा अभिनय गरे पनि उनले सफलता पाउन सकेनन् । मलयालम फिल्म स्टार ममूटीका छोरा दलकीर सलमानले ‘कारवां’ र ‘द जोया फैक्टर’ जस्ता फिल्ममा काम गरे । तर उनी बलिउडमा टिकेनन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *