आँखाभरी आँशु पार्दै पूजा शर्माले दिइन् उजुरी

नायिका पूजा शर्माले सञ्चारकर्मी प्रकाश सुवेदीबिरुद्ध चलचित्र कलाकार संघमा उजुरी दिएकी छिन् । उनले यसअघि सञ्चारकर्मी सुवेदीसंगको एक टेलिभिजन अन्तर्वाताका कारण सामाजिक सञ्जालमा ट्रोलको सिकार बनेकी थिईन् ।
नायिका शर्माले यसअघिको बिषय आफूले बिर्सिसकेको बताउँदै आफूलाई पटकपटक सञ्चारकर्मी सुवेदीले टेलिभिजनबाटै होच्याउने खालका शब्द प्रयोग गरेकाले आफू उजुरी दिन बाध्य भएको बताईन् ।

केही दिन अघि पत्रकार सुबेदीले आफुविरुद्ध दिएको अभिव्यक्तिमा अपशब्द र होच्याउने शब्द प्रयोग गरेको भन्दै उनले आईतबार कलाकार सङ्घमा उजुरी दिएकी हुन् ।
उनले –‘आफैँ नजान्ने अनि हामीले चाहिँ लिएको इन्टभ्र्यू काटिदिनु पर्ने ? मिलाई मिलाई महानायिका बनाइदिनु पर्ने ? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई ?’ भन्दै आफ्नो कार्यक्रममा व्यङ्ग गरेका थिए ।
निर्देशक सुदर्शन थापासँगै कलाकार संघ पुगेकी पूजा उजुरी दिदै गर्दा भावूक भएकी थिइन् । पूजाले भनिन्–‘३ महिना भैसकेको थियो । अघिल्लो ट्रोललाई मैले सहिरहेको थिएँ । फेरि मलाई अन्तरवार्ताका लागि बोलाउनुभयो, मैले आउँदिन भने । मान्छेलाई कहिलेपनि ह्यारेसमेन्ट गर्नका लागि बलात्कार नै गर्नुपर्छ भन्ने छैन । उहाँले मलाई हरेक हप्ता गिराएर बोलिरहनुभएको छ । पछिल्लो भाग हेरेपछि मलाई नराम्रो लाग्यो, उहाँले मलाई भनेको शब्दले मलाई निकै भावूक बनायो । यसपछि, मैले अब लड्छु भन्ने निर्णय गरेँ ।’
चलचित्र कलाकार संघमा उजुरी दिँदै नायिका पूजा शर्मा ।नायिका शर्माले चलचित्र पत्रकार संघ, एपीवान टेलिभिजनमा पनि उजुरी दिएको बताएकी छिन् । साथै, उनले ‘प्रेस काउन्सिल, राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र निर्माता संघ, चलचित्र विकास बोर्ड’मा पनि उजुरी दिने जानकारी दिएकी छिन् ।
अहिले संचारकर्मीको भाषालाई लिएर पत्रकारहरु नै विरोधमा उत्रिएका छन् उनले प्रयोग गरेको भाषा एकदमै तल्लोस्तरको भएको चलचित्र पत्रकारहरु नै बताउँछन् । तर केही पत्रकारहरु भने चर्चित हुनको लागि यसो गरिएको पनि हुनसक्ने बताउँछन् । धेरै लामो समयदेखि रजतपत कार्यक्रम चलाउने प्रकाश सुवेदीले चर्चा बटुल्नको लागि जानीजानी यो कार्य गरेको हुनसक्ने पनि कतिको आंकलन छ ।

अन्तिम पटक अध्यावधिक गरिएको: सोमवार, साउन २६, २०७७&nbsp०६:५६:०२

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *