आमा बन्दै ‘भद्रगोल’बाट चर्चामा आएकी रक्षा श्रेष्ठ

हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’बाट चर्चामा आएकी रक्षा श्रेष्ठ बास्ताविक जीवनमा नै आमा बन्न लागेकी छिन् । उनी भद्रगोलबाट निकै चर्चामा आएकी कलाकार हुन् । उनको रुपका प्रशंसकहरुले खासगरी उनको आँखा र मुस्कानको तारिफ गर्छन् । एक सयको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरेकी रक्षाले ६५ भन्दा बढी विज्ञापनमा अभिनय गरेकी छिन् ।
हाँस्य टलिश्रृङ्खला ‘भद्रगोल’ बाट उदाएकी रक्षा श्रेष्ठको सौन्दर्यमा पागल हुनेहरु धेरै छन् । धेरै म्यूजिक भिडियोमा सफलतापुर्वक अभिनय गरेकी रक्षा सानो पर्दामा नै रमाइहेकी छिन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छिन् । भद्रगोलमा जिग्रीकी मायालु प्रेमिका बनेकी रक्षा वास्तविक जीवनमा रुन्ची छिन् । सानोतिनो कुरामा पनि तुरुन्तै रोइहाल्ने बानी उनी स्वयम्लाई मन पर्दैन । ‘मलाई रुन ठूलो कारण चाहिँदैन, त्यत्तिकै पनि आँशु आइहाल्छ’, उनी भन्छिन् ।

यसले रक्षालाई एउटा कुरामा भने फाइदा भएको छ । अभिनय गर्दा पनि उनलाई रुनका लागि ग्लीसिरिन चाहिदैन । ‘प्राय सुटिङमा म त्यत्तिकै रोइदिन्छु,’ रक्षाले भनिन् । फेशनको मामलामा उनी औधी सौखिन छिन् । पैसा भएपछि लुगा किन्न दौडिहाल्छिन् । लुगा र जुत्तामा विषेश सोख छ उनलाई ।
हेरौं तस्विरहरु

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *