अभिनेत्री झरना थापाको आज जन्मदिन, सुहानाले दिइन् यस्तो उपहार !

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री झरना थापाको आज जन्मदिन परेको छ ।
आज उनले आफ्नो ४१ औं जन्मदिन मनाउदैछिन् । उनी प्युठान जिल्लामा जन्मिएकी हुन् । उनी चलचित्र धर्मसंकटबाट चलचित्रमा प्रवेश गरेकी हुन् ।

धर्मसंकटको लुकीछिपी लुकिछिपी हेर्नेले बोलको गीतमा गरेको नृन्यबाट झरना दर्शकमाझ नोटिस भएकी थिइन् ।
उनका मुगलान, हामी तीन भाई, म तिमिबिना मरिहाल्छु, तक्दीर, ए मेरो हजुर, सुखदुख, लगायतका फिल्म दर्शकमाफ चर्चित बनेका फिल्म हुन् । २ दशक भन्दा लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय झरना पछिल्लो समय निर्देशन समेत गर्न थालेकी छन् ।
उनले ए मेरो हजुरको सिक्वेल पहिलोपटक निर्देशन गरेकी थिइन् । केहि वर्ष अघि प्रदर्शनमा आएको सो फिल्मबाट उनले निर्देशनमा सफलता हात पारिन् । त्यस पश्चात् उनले ए मेरो हजुरकै तेस्रो सिक्वेलमा आफ्नै छोरी सुहाना थापालाई सिने जगतमा हिरोनिको रुपमा डेब्यु गराउदै निर्देशन गरिन भने यतिबेला ए मेरो हजुर ४ को जोडतोडले सुटिङ्ग भैरहेको छ ।
यस्तै उनले छोरी सुहाना थापाले सामाजिक सञ्जालमा विभिन्न फोटोहरु शेयर गर्दै जन्मदिनको शुभकामना दिएकी छिन् ।

उनले जन्मदिनको शुभकामना मेरी आमा, धेरै धेरै माया भनेर लेखेकी छिन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *