स्मार्ट कनेक्ट र एबीएस फिचर भएका मोटरसाइकल खोज्नेलाई टीभीएसका तीन मोडल (मूल्यसहित)

काठमाडौं । टीभीएस मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक जगदम्वा मोटर्सले तीन मोडलका एबीएस फिचर भएका मोटरसाइकल विक्री गर्दै आएको छ । कम्पनीले आरआर ३१०, आरटीआर २०० फोर भी र आरटीआर १६० फोर भी एबीएस फिचर भएको मोटरसाइकल विक्री गर्दै आएको हो ।
पछिल्लो समय धेरै जसो मोटरसाइकल कम्पनीले एबीएस फिचर भएका मोटरसाइकल भित्र्याउने क्रम जारी रहेको छ । भारतमा बीएस ६ मापदण्ड लागु भएसँगै १२५ सीसीभन्दा माथिका मोटरसाइकलमा एबीएस अनिवार्य रहेको छ ।
टीभीएसले नेपालमा विक्री गर्ने सबैभन्दा महंगो मोटरसाइकल आरआर ३१० मा डबल च्यानल एबीएस रहेको छ । यसमा ३१२ सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो मोटरसाइकलको मूल्य ७ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यस्तै अर्को मोटरसाइकल आरटीआर २०० फोर भीमा एबीएस फिचर उपलब्ध रहेको छ । यो मोटरसाइकलमा सिंगल च्यानल एबीएस रहेको छ । यसमा स्मार्ट कनेक्ट फिचरसमेत उपलब्ध रहेको छ । यसमा २०० सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन रहेको छ । यसको मूल्य ३ लाख ४५ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यसैगरि नेपाली बजारमा टीभीएसको धेरै विक्री हुने आरटीआर १६० फोर भीमा समेत एबीएस फिचर उपलब्ध रहेको छ । कम्पनीले हालैमात्र उक्त मोटरसाइकलमा एबीएस, स्मार्ट कनेक्ट एलइडी हेडलाइट जस्ता फिचर थप गरेर सार्वजनिक गरेको थियो । यसमा १६० सीसी सिंगल सिलिन्डर आयलकुल्ड इन्जिन रहेको छ । आरटीआर १६० फोरभी एबीएस विथ स्मार्ट कनेन्टको मूल्य ३ लाख ९ हजार ९०० रुपैयाँ रहेको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *