डिएफएसकेको २०२० मोडलका एसयूभी ‘सोल्ड आउट’

काठमाडौं । डिएफएसकेको लागि नेपालको आधिकारीक वितरक कुजु नेपाल प्रालिले आफुले विक्री गर्दै आएको डिएफएसकेका २०२० मोडल एसयूभी ‘सोल्ड आउट’ भएको जनाएको छ । कम्पनीले अहिले ग्लोरी ५८० र ग्लोरी ५६० एसयूभी विक्री गर्दै आएको थियो ।
कम्पनीले डिएफएसके ग्लोरी ५८० सन् २०१९ देखि नेपालमा विक्री गर्दै आएको छ भने, ग्लोरी ५६० सन् २०२० बाट मात्रै नेपालमा विक्री सुरु गरेको थियो ।
‘डिएफएसकेका एसयूभी ग्राहकले रुचाएका छन् । मूल्य अनुसार उत्कृष्ट फिचरको कारण धेरै ग्राहकले ग्लोरी एसयूभी मनपराएका हुन् । हामीसँग भएका सबै एसयूभी सोल्ड आउट भएको छ । चाँडै सन् २०२१ मोडल नेपाल ल्याउने तयारी गरिरहेका छौं’, कम्पनीका संचालक उमिद श्रेष्ठले मेरोअटोसँग भने ।
श्रेष्ठका अनुसार नयाँ मोडल नयाँ थप फिचरका साथ बजारमा आउँदै छ । त्यसको बुकिङ चाँडै खोल्ने तयारीमा रहेको उनले जानकारी दिए ।ग्लोरी सिरिजमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन रहेको छ । ग्लोवल एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको ग्लोरी सिरिजमा यूरो ५ मापदण्डको इन्जिन रहेको छ । उत्कृष्ट इन्टेरियर र स्पोर्टी डिजाइनमा आएका यी एसयूभी ७ र ५ सिट अप्सनमा उपलब्ध रहेका छन् ।
डिएफएसको ग्लोरी ५६० म्यानुअल ७ सिट क्षमताको मूल्य ६३ लाख रुपैयाँ रहेको छ भने, ५ सिट क्षमताको मूल्य ५७ लाख ५० हजार रुपैयाँ रहेको छ । त्यसैगरि ग्लोरी ५८० अटोमेटिकको मूल्य ६७ लाख ५० हजार रुपैयाँ रहेको छ । कम्पनीले यसको म्यानुअल भेरियन्टको मूल्य भने ६२ लाख ८० हजार रुपैयाँ तोकेर विक्री गर्दै आएको थियो ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *