बन्द भयो हुन्डाईको चर्चित ह्याचव्याक कार

काठमाडौं । हुन्डाईको चर्चित ह्याचव्याक कार ग्राण्ड आई १० बन्द भएको छ । नेपालको लागि हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो वेभसाइटबाट ग्राण्ड आई १० लाई हटाएसँगै यसको आयात बन्द भएको हो ।
हुन्डाईले सन् २०१३ मा ग्राण्ड आई १० बजारमा ल्याउदा पनि पहिले विक्री भइरहेको आई १० लाई एक वर्षसम्म उत्पादन गरिरहेको थियो । अहिले पनि कम्पनीले त्यहि रणनीति अपनाएर यसको उत्पादन बन्द गरेको हो ।
नेपाली बजारमा निकै सफल ग्राण्ड आई १० सन् २०१३ को अन्त्यतिरबाटै विक्री सुरु भएको थियो । अहिले पनि यसलाई मनपराउने ग्राहक बजारमा धेरै पाउन सकिन्छ ।

कम्पनीले यसको अधिकांश मेकानिकल पाटर्समा परिमार्जन नगरिकनै ग्राण्ड आई १० नियोस बजारमा ल्याएर विक्री गर्दै आएको छ । नेपालमा पनि ग्राण्ड आई १० नियोस विक्री सुरु भइसकेको छ ।
झण्डै ७ वर्ष भारतमा उत्पादन भएको ग्राण्ड आई १० मा १.२ लिटर क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८२ बीएच पावर र ११४ एनएम टर्क प्रदान गर्छ । ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्समा उपलब्ध ग्राण्ड आई १० निकै सफल मोडलमा पर्छ ।
पछिल्ला दिनमा ग्राण्ड आई १० दुई भेरियन्टमा विक्री हुँदै आएको थियो । ग्राण्ड आई १० मग्नाको मूल्य ३० लाख ५६ हजार र स्पोट्जको मूल्य ३२ लाख ९६ हजार रुपैयाँ रहेको थियो । अब हुन्डाईको ग्राण्ड आई १० किन्न चाहने ग्राहकले ग्राण्ड आई १० नियोस किन्नु पर्ने हुन्छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *