५ मिनेट चार्जगर्दा १०० किलोमिटर गुडाउन सकिने हुन्डाईको नयाँ इलेक्ट्रीक एसयूभी

काठमाडौं । हुन्डाईको नयाँ इलेक्ट्रीक एसयूभी ‘आयोनिक ५’ को आगामी महिना ग्लोवल प्रिमियर हुने भएको छ । कम्पनीले इलेक्ट्रीक ब्राण्ड आयोनिकबाट ल्याउन लागेको यो पहिलो एसयूभी हो ।
हुन्डाईले गतवर्ष आफ्ना इलेक्ट्रीक कार आयोनिक ब्राण्डबाट आउने घोषणा गरेको थियो । ‘इलेक्ट्रीक ग्लोवल मोडुलर प्ल्याटफर्म’मा आउने नयाँ एसयूभीमा कम्पनीले आफ्नै डेडिकेटेड व्याट्रीको प्रयोग गरेको छ ।
कम्पनीले आयोनिकको टिजरहरु सार्वजनिक गर्दै आएको छ । सार्वजनिक भएका टिजरलाई आधारमान्दा हुन्डाईको परम्परागत कारको तुलनामा यसको डिजाइन अलग देख्न सकिन्छ । आयोनिक ५ मा पिक्सल इन्स्पायर हेडलाइट दिइएको छ ।
हाइटेक प्रविधिले भरिएको आयोनिक ५ लाई पाँच मिनेट चार्जगर्दा १०० किलोमिटर गुडाउन सकिने डब्ल्यूएलटीपीले प्रमाणित दावी गरेको छ । फुलचार्जमा ५०० किलोमिटरभन्दा बढी चलाउन सकिने आयोनिक ५ अल ह्वील ड्राइभ सिस्टममा आउने छ । गाडी र पछाडि रहेको कम्वाइन मोटरले ३१३ पीएस पावर प्रदान गर्ने जनाइएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *