यस्तो हुन सक्छ यामाहा ‘एफजेड-एक्स’

काठमाडौं । यामाहाले सन् २०२० को डिसेम्बरमा ‘एफजेड-एक्स’ नामबाट ट्रेडमार्क दर्ता गरेसँगै कस्तो मोटरसाइकल बजारमा ल्याउन लागेको हो भन्ने जिज्ञासा धेरैमा रहेको पाइन्छ ।
भारतीय मिडियाहरुले यामाहा एफजेड-एक्सको विभिन्न रेन्डर इमेजहरु तयार पारेर नयाँ मोटरसाइकलको बारेमा रिपोर्टहरु सार्वजनिक गरिरहेका छन् । धेरै मिडियाले यामाहा एफजेड २५ मा आधारित रहेर नयाँ एफजेड एक्स मोडल आउने अनुमान गरेका छन् ।
यो यामाहाले भारतमा उत्पादन गर्ने पहिलो एड्भेञ्चर मोटरसाइकल हुने विश्वास लिइएको छ । कम्पनीले यसलाई यामाहा ट्रेसरको डिजाइन थेममा ल्याउन सक्ने आँकलन गरिएको छ । कम्पनीले नयाँ मोडलमा अगाडिको हेडल्याम्प, विन्डस्कृन, सेमि फियरिङ जस्ता फिचर ट्रेसरबाट लिने अनुमान गरिएको छ ।
यसका अलावा फ्यूल ट्याङ्क लगायत एफजेड २५ बाट लिने अनुमान गरिएको छ । नयाँ एड्भेञ्चर मोडल चलाउन निकै आरमदायी बनाउने प्रयास कम्पनीले गर्ने छ । कम्पनीले यसमा वायर स्पोक ह्वील दिने अनुमान गरिएको छ ।
कम्पनीले यसमा एफजेड २५ मा नै प्रयोग भएको २४९ सीसी सिंगल सिलिण्डर एयर कुल्ड इन्जिन दिने अनुमान गरिएको छ । उक्त इन्जिनले अधिकतम ८००० आरपीएममा २०.८ पीएस पावर र ६००० आरपीएममा २०.१ एनएम टर्क प्रदान गर्ने छ ।
सुरक्षाको लागि मोटरसाइकलको दुबै चक्कामा डिस्क ब्रेक र डबल च्यानल एबीएस उपलब्ध रहने छ । सन् २०२१ को अन्त्यसम्ममा एफजेड–एक्स बजारमा आउने अनुमान गर्न सकिन्छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *