स्कोडा कारोकको नेपालमा विक्री सुरु, यस्तो छ दुई भेरियन्टको मूल्य

काठमाडौं । स्कोडाको नयाँ एसयूभी कारोक नेपालमा सार्वजनिक भएको छ ।स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले नयाँ स्कोडा कारोक नेपाल ल्याएको हो ।
स्कोडा कारोक आधुनिक डिजाइन, ‘क्लास लिडिङ’ सेफ्टी र ‘इन्टेलिजेन्ट कनेक्टिभिजी’ फिचर, ‘प्रिमियिम ड्राइभिङ’ अनुभव र बेजोड ‘क्याबिन कम्र्फोट’ भएको एसयूभी हो । कारोक दुई भेरियन्ट एम्बिसन र एम्बिसन प्लसमा उपलब्ध छ । यी दुवै भेरियन्टमा २.० लिटर, ६ स्पिड अटोमेटिक ट्रान्समिसन सहितको टर्बोचार्ज्ड डिजेल इन्जिनमा आएको छ । जसले अधिकतम १४० बीएच पावर र ३२० एनएम टर्क प्रदान गर्छ ।नयाँ कारोकको लम्बाइ ४,३८२ एमएम, चौडाइ १,८४१ एमएम र उचाइ १,६२४ एमएम रहेको छ । ठयसमा २६३८ एमएमको ह्वीलवेस दिइएको छ । ५२१ लिटर क्षमताको विशाल बुट स्पेश यसमा पाउन सकिन्छ ।

यसको फेसियामा रहेको स्कोडाको ‘सिग्नेचर रेडियटर ग्रिल’ वरपर राखिएको क्रोम, अटोमेटिक हेडल्याम्प लेभलिङसहितको एएफएस (एडाप्टिभ फ्रन्ट लाइट सिस्टम) एलइडी हेडल्याम्प, ‘कर्नरिङ फंक्सन’ भएको फगल्याम्प, गाडीको स्पीड, मौसमअनुसार परिवर्तन हुने हेडल्याम्पले नयाँ कारोकको एक्सटेरियरलाई उत्कृष्ट बनाएको छ । यसमा ‘बाउन्स ब्याक सिस्टम’सहितको ‘इलेक्ट्रिकल्लली एडजस्टेबल पानोरामिक सनरुफ’ पाउन सकिन्छ ।
कारोकको पछिल्लो भागमा स्कोडाको टिपिकल ‘सी’ आकारको एलईडी टेललाइट रहेको छ । त्यसैगरी, टेलगेटमा ब्लक अक्षरमा ‘स्कोडा’ लेखिएको छ जसले स्कोडाको ‘डिजाइन फिलोसोफी’ झल्काउँछ ।
कारोकको ड्यासबोर्डमा ‘ब्ल्याक लेदर अपहोस्ट्रिक’सहित सिल्भर टच दिइएको छ । ब्ल्याक इलेमेन्टमा क्रोम हाइलाइट प्रयोग गरिएको छ । यसमा ‘भच्र्युअल ककपिट’ र ‘हिटेड फ्रन्ट सिट’ दिइएको छ ।

यसमा ‘प्रोक्सिमिटी सेन्सर’सहितको २०.३२ सेन्टिमिटरको टच डिस्प्ले छ । त्यसैगरी, भ्वाइस कमान्ड कन्ट्रोल, एसडी कार्ड रिडर, यूएसबी पोर्ट र ब्लुटुथ जीएसएम टेलिफोनी र अडियो स्ट्रिमिङ जस्ता सुविधा छन् । साथै विना झन्झट ‘मोबाइल कनेक्टिभिटी’का लागि ‘स्मार्टलिंक’ जडान गरिएको छ ।
नयाँ स्कोडा कारोकमा ‘एअर केयर फंक्सन’सहितको ‘इन्टेलिजेन्ट टु जोन क्लाइमेट्रोनिक एअर कन्डिसनिङ सिस्टम’ छ, जसले गर्दा अगाडि र पछाडिका यात्रुलाई छुट्टाछुट्टै तापक्रम कायम गर्न सकिन्छ । साथै, यसमा ‘ह्युमिडिटी सेन्सर’समेत छ, जसले ‘विन्डस्क्रिन’ बाफिलो हुन रोक्छ ।अध्याँरोमा गाडीमा प्रवेश गर्ने सहज बनाउन ‘साइडभ्यु मिरर’मा ‘बोर्डिङ स्पट ल्याम्प’ राखिएको छ । यसका साथै, यसमा ‘क्रुज कन्ट्रोल’ र ‘अटोमेटिक रेन सेन्सिङ वाइपर’ समेत यसमा जडान गरिएको छ ।
नेपालमा स्कोडा कारोक एम्बिसनको मूल्य एक करोड १५ लाख रुपैयाँ र कारोक एम्बिसन प्लसको मूल्य एक करोड २५ लाख रुपैयाँ तोकिएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *