इलेक्ट्रीक ह्याचव्याक कार ल्याउँदै एमजी

काठमाडौं । एमजी (मोरिस ग्यारेज)ले ह्याचव्याक इलेक्ट्रीक कार ल्याउने भएको छ । कम्पनीले ल्याउने इलेक्ट्रीक ह्याचव्याक कार सन् २०२१ को अन्त्य वा २०२२ को सुरुसम्म बजारमा आउने अटोकार यूकेले दाबी गरेको हो ।
एमजीले ल्याउने इलेक्ट्रीक ह्याचव्याक कार एमजी ३ मा आधारित हुने छ । कम्पनीले ह्याचव्याक इलेक्ट्रीक कारमा इजेडएसमा दिइएको व्याट्री टेक्नोलोजी र पावर ट्रेन प्रदान गर्ने अटोकार यूकेले दाबी गरेको छ ।
यद्यपी यसमा दिइने व्याट्री र मोटर साइज भने इजेडएसको तुलनामा केहि कम हुने बताइएको छ । एमजी पछिल्लो दिनमा इलेक्ट्रीक एसयूभी उत्पादनमा आक्रमक रुपमा अगाडि बढिरहेको कम्पनी हो । कम्पनीले इजेडएसमा ४४ किलोवाट आवरको व्याट्री र ११२ किलोवाट क्षमताको मोटर दिएको छ ।
अहिले नेपाली बजारमा एमजीको इलेक्ट्रीक एसयूभी इजेडएस विक्री वितरण भइरहेको छ । यस्तोमा कम्पनीले ल्याउने नयाँ इलेक्ट्रीक ह्याचव्याक कार नेपाल आउने सहजै अनुमान गर्न सकिन्छ ।
एमजीले अहिले विक्री गर्दै आएको इलेक्ट्रीक एसयूभीको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ रहेको छ । सरकारले करका दर बढाएपछि एमजीको इलेक्ट्रीक एसयूभी आयात भएको छैन । तर, कम्पनीले यसको नयाँ मूल्यमा बुकिङ लिइरहेको छ ।
नेपालको लागि एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले एमजीका उत्पादन विक्री वितरण गर्दै आएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *