बजाजको एक्स्चेन्ज अफर, नगद छुटदेखि शून्य ब्याजदरमा मोटरसाइकल

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले नयाँ अफर सार्वजनिक गरेको छ । बजाजले एक्सचेन्ज तथा नगद छुट अफर ल्याएको हो ।
बजाजले ल्याएको स्कीममा पूरा रकम तिरेर मोटरसाइकल किन्ने ग्राहकलाई नगद छुटका साथै एशेसरिज निःशुल्क दिने जनाएको छ । नगदमा ८ हजार रुपैयाँ छुटका साथै लेगगार्ड, बाइक कभर, हेलमेट, ब्याग जस्ता एशेसरिज उपलब्ध गराउने भएको हो । यो योजना नेपाल भर रहेको बजाजको आधिकारिक सोरुममा पुस २६ गतेदेखि माघ २ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
त्यस्तै, एक्स्चेन्ज मार्फत मोटरसाइकल किन्ने ग्राहकले १५ हजार थप मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् । जुनसुकै कम्पनीको मोटरसाइकललाई बजार मूल्यभन्दा १५ हजार थप मूल्याङ्कन गर्ने कम्पनीले जनाएको हो ।
त्यस्तै, बजाजको मोटरासइकल शून्य प्रतिशत ब्याजदरमा समेत किन्न सकिने स्कीम रहेको छ । ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर बिना ब्याजमा बजाजका मोटरसाइकल किन्न सकिने छ ।
बजाजले नेपाली बजारमा हिजो (पुस२६ गते)देखि बजाज डोमिनार २५० को विक्री सुरु गरेको हो । बजाजले प्लाटीना, डिस्कभर, बजाज पल्सर १२५, १५०, २२०, एनएस १६०, एनएस २००, डोमिना ४०० र डोमिनार २५० विक्री गर्दै आएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *