डोमिनार २५० र ४०० मा कति फरक, यस्ता छन् भिन्नता

काठमाडौं । नेपालमा बजाज डोमिनार सिरिजमा दुई फरक मोडल किन्न पाइने भएको छ । बजाजको आधिकारीक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले डोमिनार २५० को नेपालमा विक्री सुरु गरेसँगै बजाज डोमिनारको दुई मोडल किन्न पाइने भएको हो ।
बजाज डोमिनार २५० को नेपालमा विक्री सुरु भएसँगै कम्पनीसँग पहिलो २५० सीसी सेग्मेन्टको मोटरसाइकल समेत भएको छ । यस्तोमा बजाज डोमिनार २५० र ४०० मा कति फरक छ भन्ने जिज्ञासा हुनु स्वाभाविक हो ।
बजाज डोमिनारलाई कम्पनीले डोमिनार ४०० कै अवधारणामा निर्माण गरेको हो । बजाज डोमिनार ४०० र २५० मा धेरै समानता रहेको छ । झट्ट हेर्दा दुबै मोटरसाइकल समान देखिन्छ । तर, यी दुई मोटरसाइकलमा मेकानिकल परिवर्तन धेरै रहेको छ ।
यी दुबै मोटरसाइकलमा कम्पनीले सिगंल सिलिन्डर, ४ भल्भ, एफआई, लिक्वीड कुल्ड इन्जिन दिएको छ । डोमिनार ४०० मा ३७३ सीसी को इन्जिन रहेको छ भने, डोमिनर २५० मा २४८ सीसी इन्जिन रहेको छ । यसका साथै यी दुबै मोटरसाइकलमा ६ स्पीडको गियर र स्लिपर क्लच उपलब्ध रहेको छ ।
दुबै मोटरसाइकलको डाइमेन्सन समान रहेको छ । यी बाइकको तौल १८२ केजी, लम्वाई २१५६ एमएम, चौडाई ८१३ एमएम, उचाई १११२ एमएम, ह्वीलबेश १४५३ र ग्राउन्ड क्लियरेन्स १५७ एमएम रहेको छ ।
यी दुबै मोटरसाइकलमा १७ इन्च अलोय ह्वील रहेको छ । यसका साथै यी दुबै मोटरसाइकलमा डबल च्यानल एबीएस उपलब्ध रहेको छ ।
यी दुबै मोटरसाइकलमा एलइडी हेडल्याम्प तथा टेल ल्याम्प रहेको छ । कम्पनीले डोमिनार ४०० को कन्सोललाई नै २५० मा प्रयोग गरेको छ । जसमा फ्यूल ट्याङकमा समेत सानो डिस्प्ले रहेको छ । यो डिस्प्लेमा ओडोमिटर टाइम र गियर इन्डिकेटर रहेको छ ।
यी दुबै मोटरसाइकलमा सानो विन्डस्कृन, मस्कुलर फ्यूल ट्याङ्क, इन्जिन कौल, सिग्नेचर एलइडी हेडल्याम्प, ट्वीन व्यरेल एग्जस्ट, अलोय ह्वील, स्प्लीट सिट जस्ता मुख्य फिचर उपलब्ध रहेको छ ।
बजाज डोमिनार ४०० को मूल्य नेपाली बजारमा ५ लाख ५९ हजार ९०० रहेको छ भने डोमिनार २५० को मूल्य ४ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *