पुरानोसँग यामाहाको नयाँ मोटरसाइकल साट्दा १५ हजारको फाइदा

काठमाडौं । यामाहा बाइक तथा स्कुटरको नेपालका लागि आधिकारीक वितरक एमएडब्ल्यूले यामाहा एक्स्चेन्ज अफर ल्याएको छ । कम्पनीले कार्वुरेटर छाडौ एफआई चढौँ नारासहित एक्स्चेन्स योजना ल्याएको हो ।
यो योजनामा कुनैपनि कम्पनीका पुराना मोटरसाइकलसँग यामाहाका एफआई मोटरसाइकल एक्स्चेन्ज गर्न सकिने छ । पुराना मोटरसाइकलमा बजार मूल्यभन्दा १५ हजार थप मूल्याङक गर्नेसमेत कम्पनीले जनाएको छ । नेपालभर रहेको यामाहाको आधिकारिक शोरुममा एक्स्चेन्ज अफर उपलब्ध हुनेछ ।
पुस २० गतेदेखि सुरु भएको यो स्कीम २९ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ । यो एक्सचेन्ज योजनामा ग्राहकले यामाहाको एफआएई मोटरसाइकल मात्र खरिद गर्न सक्नेछन् । स्कुटरमा भने योजना लागु नहुने कम्पनीले बताएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *