निसानको इलेक्ट्रीक कार ‘लिफ’ नेपाल आउने घोषणा, यस्तो छ बिक्री सुरु हुने मिति

काठमाडौं । निसानको आधिकारीक वितरक पायोनियर मोटोकर्पले निसानको पहिलो विद्युतीय कार लिफ नेपाल ल्याउने घोषणा गरेको छ । कम्पनीले आज एक विज्ञप्ती जारी गर्दै सरकारले विद्युतीय कारको करमा व्यापक वृद्धि गरेकाले यसअघि ल्याउने तयारी गरेर पनि रोकिएको जनाएको छ ।
तर, नेपाल सरकारले विद्युतीय सवारीको करमा केहि घटाउने निर्णय गरेसँगै अप्रिल, २०२१ मा लिफ नेपालमा बिक्री सुरु गर्ने तयारी भएको जनाएको छ ।
निसान लिफ सन् २०१० देखि नै विश्वबजारमा बिक्री हुँदै आएको विद्युतीय कार हो । ४ लाख यूनिटभन्दा बढी बिक्री भइसकेको निसान लिफमा १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । उक्त मोटरले २१४ बीएच पावर प्रदान गर्ने कम्पनीको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ । लिफले एक पटकको फुलचार्जमा ३६३ किलोमिटर रेञ्ज प्रदान गर्नेछ ।
कारमा व्याट्री बचतको लागि बिभिन्न तीन मोडहरु उपलब्ध रहेको छ । इको मोडमा कार चलाउदा सामान्यभन्दा १० प्रतिशतले रेञ्ज बढ्ने कम्पनीले दाबी गरेको छ ।
यस कारमा ४० किलोवाटको लिथिएम आयन ब्याट्रीको प्रयोग गरिएको छ । कारमा नै दिइएको ३ किलोवाट क्षमताको चार्जरले ब्याट्री चार्ज गर्न १६ घन्टा लाग्ने छ भने ६ किलोवाट चार्जर प्रयोग गर्दा ८ घन्टामा फुलचार्ज गर्न सकिने छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *