टेष्ट ड्राइभ रिभ्यूः सेग्मेन्ट फर्स्ट फिचरले भरिएको प्रिमियम ह्याचव्याक कार अल्ट्रोज (भिडियो सहित)

काठमाडौं । टाटाको पहिलो प्रिमियम ह्याचव्याक एसयूभी अल्ट्रोज नेपालमा बिक्री सुरु भएको छ । ग्लोबल एनक्याप क्रयास टेष्टमा फाइभ स्टार रेटिङ पाउन सफल अल्ट्रोज प्रिमियम ह्याचव्याक सेग्मेन्टकै सबैभन्दा सुरक्षित कार हो । टाटा मोटर्सले विकास गरेको इम्प्याक २.२ डिजाइन ल्याङ्वेजमा आधारित र अल्फा आर्क आर्किटेक्चरमा निर्माण भएको अल्ट्रोज आधुनिक फिचरले सुसज्जीत कार हो ।
सेग्मेन्टमै पहिलो मल्टी ड्राइभ (सिटी र इको) ड्राइभिङ्ग मोड रहेको अल्ट्रोजमा टाटाको १.२ लिटरको ३ सिलिण्डर रेभोट्रोन इन्जिन दिइएको छ । उक्त इन्जिनले ८६ पीएस पावर र ११३ एनएम टर्क प्रदान गर्छ । यसमा पाँच स्पीडको गियरबक्स दिइएको छ ।
४ मिटरभन्दा केहि छोटो अल्ट्रोजको लम्बाई ३९९० एमएम, चौडाई १७५५ एमएम, उचाई १५२३ एमएम रहेको छ । यसमा २५०१ एमएमको ह्वीलवेस रहेको छ । १६ इन्चको टायर प्रयोग गरिएको अल्ट्रोजको ग्राउण्ड क्लियरेन्स १६५ एमएम रहेको कम्पनीले जनाएको छ ।

नयाँ डिजाइनको ग्रिल, कर्नरिङ्ग फङ्गसन सहितको व्याकवार्ड स्वीप हेडल्याम्प, ग्रिलको माथि पट्टी दिइएको पियानो व्ल्याककाका साथै क्राेम फिनिसिङले कारको अगाडिको भाग निकै आकर्षक देखिएको छ । कारकाे धेरै स्थानमा प्रयोग गरिएको क्रोम फिनिसिङ्गले थप आकर्षक बनाएको छ ।
अल्ट्रोजमा पियानो व्ल्याक कलर र क्रोम फिनिसिङ सहितको ओआरभीएम, सेग्मेन्टमै पहिलो प्रोजेक्टर हेडल्याम्प र फगल्याम्पको ठिक माथि पट्टी राखिएको एलइडी डिआरएल लाइटले यसलाई आधुनिक देखाएको छ ।
क्रयास टेष्टमा उत्कृष्ट देखिएको कारमा दुबैतर्फ अगाडि एयरव्याग, इबीडी सहितको एबीएस ब्रेकिङ्ग सिस्टमका साथै कर्नर स्टेबीलीटी कन्ट्रोल सिस्टम दिइएको छ । यसमा रियर पार्किङ्ग सेन्सर, डाइनामिक गाइड सहितको रिभर्स क्यामरा, अटोमेटिक हेडल्याम्प, रेन सेन्सिङ्ग वाइपर, भ्वाइस अलर्ट, भ्वाइस कमाण्ड जस्ता फिचरहरु रहेका छन् ।
गाडी छाडेर ड्राइभर टाढा गएमा अटोमेटिक लक हुने, ३० सेकेन्डसम्म ढोका नखुलेमा आफै लक हुने, साँचो भित्र राखेर चालक बाहिर निस्किएमा साइरन बज्ने, इम्प्याक सेन्सिङ्ग अटो डोर अनलक, सिटबेल्टमा हाइट एडजस्ट गर्ने सुविधा यसमा दिइएको छ ।

अल्ट्रोजको ड्यासबोर्डमा ८ इन्चको हर्मनको मल्टीकलर फ्लोटिङ इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । यसमा एप्पल कार प्ले र एन्ड्रोइड अटोको सुविधा रहेको छ । लेदर माउण्टेड स्टेरिङ ह्वील, इन्फोटेन्मेन्ट कन्ट्रोल र क्रुज कन्ट्रोल फङ्सन समेत स्टेरिङबाटै कन्ट्रोल गर्न सकिन्छ । यो कारमा पुस बटम स्टार्ट/स्टपको सुविधा रहेको छ । साथै, नयाँ आईएसएस आइडल स्पम स्टार्ट फङ्सनसमेत यसमा रहेको छ । यो प्रविधिले ट्राफिक लाइटमा रोकिनुपर्दा इन्जिन अफ गर्ने तथा ग्रीन लाइट हुँदा एक्सिलेटर थिच्दामात्रै अटोमेटिक कार स्टार्ट भएर गुड्छ ।
अल्ट्रोजमा अटोमेटिक क्लाइमेट कन्ट्रोल सिस्टम, एम्बियन्ट क्यावीन मुड लाइट समेत रहेको छ । छाता राख्ने छुट्टै ठाँउ सहित २४ वटा सामान राख्ने स्थान, १५ लिटरको कुल्ड ग्लोबबक्स, पछाडिको प्यासेन्जरका लागि रियर एसी भेन्ट, आमरेस्टका साथै १२ भोल्टको पावर सकेट समेत रहेको छ । पछाडि सिटमा बच्चाको लागि आईएसओ फिक्स सिट, ३४५ लिटरको बुट स्पेस र बुटमा दुईवटा हुक पनि दिएको छ । जसमा ३ केजीसम्मका सामानहरु झुण्डाउन सकिनेछ ।
चारैवटा ढोकाहरु ९० डिग्री एङ्गलमा खुल्ने यो कारमा ‘रिस्ट व्याण्डजस्तो वाटरप्रुफ वेरेवल कि’ समेत दिएको छ, यसको सहायताले साँचो बोकेर हिड्नु पर्दैन । यसले आउटडाेर एक्टिभीटीमा साँचो हराउने विषयमा चिन्ता लिनु पर्दैन ।
टेस्ट ड्राइभ अनुभव
हामीले अल्ट्रोजको गत हप्ता एक दिनभरि टेस्ट ड्राइभ गरेका थियौं । सिप्रदी ट्रेडिङ्गको थापाथली शोरुमबाट सुरुभएको हाम्रो ड्राइभ टेकु, बल्खु, किर्तिपूर हुँदै चोभारसम्मको विभिन्न खाले बाटाहरुमा गुडाएका थियौ । पहिलो पटक कारमा बस्दा नै विशेष प्रकारको अनुभव दिलाउने रहेछ अट्रोजले, अल्ट्रोज निकै स्पेसियस रहेको छ । हाइट एडजस्टेवल ड्राइभर सिट तथा टिल्ट एडजस्टेवल स्टेरिङ्ग ह्वीलले सबै खाले हाइट भएका व्यक्तिलाई ड्राइभिङ्गमा सजिलो बनाउ छ ।
१७ सेमीको इन्फोटेन्मेन्ट सिस्टम र स्टेरिङ्ग माउन्टेड कन्ट्रोलले अल्ट्रोजको यात्रा साँगितीक बनाउन सहज बनायो । कारमा रहेको हर्मन म्युजिक सिस्टम तथा ६ वटा स्पिकरले कारमा म्युजिक सुन्दै यात्रा गर्न एकदमै रमाइलो बनाएको थियो ।
कारमा रहेको मल्टीड्राइभ फङ्गसनले सहरी तथा ग्रामिण बाटाहरुमा ड्राइभिङ्गलाई एकदमै सहज बनाएको थियो । सेमी डिजिटल इन्ट्रुमेन्ट कन्सोलले कारको गति, गियर, फिउलको अवस्था, सर्भिस रिमाइण्डर तथा अन्य फङ्गसनको जानकारी हरदम ड्राइभरलाई उपलब्ध गराएको थियो । सहजै हात पुग्ने स्थानमा रहेको गियर नव, ह्याण्ड ब्रेक लिभर, क्लाइमेट कन्ट्राेल तथा स्लाइडिङ ड्राभर आर्मरेष्टले लामो यात्रामा पनि थकित नबनाउने विस्वास लिन सकिन्छ ।

१६ इन्चको टायर साइजले सहरका साना तीना खाल्डोहरुमा समेत खासै असर नगर्ने रहेछ । यसमा प्रयोग गरेको टुइस्ट बीम कोइल स्प्रिङ्ग सक–एभजर्वर सस्पेन्सनले पनि होला कार खाल्डामा पर्दा पनि हल्लिदैन । अल्ट्रोजको पावर परिक्षण गर्नका लागि हामीले स्वयम्भूको उकालोमा पनि लगेका थियौ । उक्त उकालोमा पनि माथिल्लो गियरमै यो कारले एसी अन गरेकै अवस्थामा सहजै उक्लिएको थियो ।
एकदमै धेरै सेग्मेन्ट फस्ट उपयोगी फिचरहरुले लोडेड यो कार नेपाली कार पारखीहरुलाई पक्कै पनि लोभाउने छ । नेपालको सहरी तथा ग्रामीण दुवै बाटाहरुमा चलाउन सहज रहने यस कारलाई टाटाको नेक्सनपछिको अर्को गेम चेन्जरको रुपमा रहने अनुमान गर्न सकिन्छ । भारतमा डिजल, पेट्रोल तथा इलेक्ट्रिक अप्सनमा उपलब्ध यो कार नेपाली बजारमा भने हाल पेट्रोल इन्जिनमा विभिन्न पाँचवटा कलरमा उपलब्ध रहेको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *