दशैं लागेसँगै गाडी र मोटरसाइकलको शोरुममा चहल पहल बढ्यो, यी हुन् धेरै खोजिएका कार

काठमाडौं । दशैं नजिकिएसँगै कार तथा मोटरसाइकलको शोरुपमा चहल पहल बढेको छ । हिजो बडा दशैंको पहिलो दिन शनिवार परेको भएपनि सबै कम्पनीले आफ्ना शोरुमहरु संचालनमा ल्याएका थिए ।
कम्पनीहरुले घटस्थापनाको दिन ठूलो संख्यामा गाडी डेलिभरी दिएको जनाएका छन् । मोटरसाइकलको बिक्री पनि उल्लेखनिय रुपमा बढेको बिक्रेता कम्पनीहरुले जनाएका छन् ।
‘एक महिनादेखि बुकिङ गरेर बसेका धेरै ग्राहकले घटस्थापनाको दिन गाडी डेलिभरी लिएका छन् । असोज २ गतेबाट सुरु भएको मलमास शुक्रबार सकिएसँगै शनिवार ग्राहकले गाडी डेलिभरी लिएका हुन् । यसले शोरुमा ग्राहकको चाप केहि बढेको हो’, एक गाडी बिक्रेता कम्पनीका संचालकले मेरोअटोसँग भने ।
मोटरसाइकलको बिक्री हरेक वर्ष नौरथा लागेसँगै उच्च हुने गर्थ्याे । यस वर्षपनि ग्राहकले घटस्थापनाको दिन राम्रै संख्यामा मोटरसाइकल खरिद गरेको बिक्रेताहरु बताउँछन् ।

‘घटस्थापनाको दिन विगतमा एउटै कम्पनीले ३ हजारसम्म मोटरसाइकल बिक्री गर्ने गरेका थिए । यस वर्षपनि राम्रै संख्यामा मोटरसाइकल बिक्री भएको छ’, मोटरसाइकल बिक्रेताहरुले भने ।
कारकाे नयाँ मोडलमा धेरै आकर्षण
मोटरसाइकलमा चल्तीका पुरानै मोडलमा बढी आकर्षण रहेको भएपनि कार सेग्मेन्टमा नयाँ मोडलमा धेरै आकर्षण रहेको छ । दशैंअघि हुन्डाईले नयाँ तीनवटा गाडी बजारमा ल्याएको थियो । कम्पनीले ल्याएको नयाँ जेनेरेशन क्रेटा, ग्राण्ड आई १० नियोस र अउरामा ग्राहकको विशेष चासो रहेको थियो ।
त्यस्तै मारुती सुजुकीको भिटारा ब्रेजा, टाटा अल्ट्रोज, स्कोडा र्‍यापीड, डिएफएसके ग्लोरी ५६०, बीएस ६ इन्जिनमा आएको फक्सवागन पोलो, डाट्नस रेडी गो फेसलिफ्ट, टोयोटा कोरोला क्रस, रेनो क्वीड फेसलिफ्ट, ९ स्पीड अटोमेटिक जीप कम्पास जस्ता मोडलमा ग्राहकले चासो देखाएका छन् ।
पुराना बिक्री हुँदै आएको हुन्डाई आई २०, मारुती सुजुकी स्वीफ्ट र सेलेरियो, टाटा नेक्सन र टियागो, महिन्द्रा स्कर्पियो, किया सेल्टोस, फोर्ड इकोस्पोर्ट जस्ता मोडलपनि ग्राहकको धेरै रोजाईमा परेका मोडल हुन् ।
मोटरसाइकलमा दुई वटा नयाँ ब्राण्ड नै दशैंअघि नेपाल आएकाले यसमा पनि ग्राहकको विशेष रुची रहेको छ । हस्कभर्ना र जावामा ग्राहकको विशेष आकर्षण रहेको देखिन्छ ।
यसका अलावा बजारमा केही मोडलका खास भेरियन्टहरु सोल्ड आउट भएको कम्पनीहरुले जनाएका छन् । अहिले टप भेरियन्ट क्रेटा, महिन्द्रा स्कर्पियो डबल क्याव पीकअप, ग्राण्ड आई १० नियोसको स्पोर्ट्र्ज भेरियन्ट नेपाल आएका सबै यूनिट बिक्री भइसकेको सम्बन्धीत कम्पनीहरुले जनाएका छन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *