बजाज पल्सर १२५ को सस्तो भेरियन्ट सार्वजनिक

काठमाडौं । बजाज अटोले चुपचाप नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा पल्सर १२५ को नयाँ भर्सन सार्वजनिक गरेको हो ।
पल्सर परिवारको सबैभन्दा सानो मोटरसाइकल पल्सर १२५ को कप्पनीले ड्रम ब्रेक भर्सन सार्वजनिक गरेको हो । यसका अलावा कम्पनीले यसमा स्प्लीट सिटसमेत दिइएको छ ।
बजाजले गतबर्ष भारतमा सार्वजनिक गरेको बजाज पल्सर १२५ भारतीय तथा नेपाली बजारमा समेत राम्रो व्यापार गर्न सफल भएको छ । ड्रम ब्रेक भेरियन्ट भारतीय बजारमा डिस्कको तुलनामा ७ हजार भारतीय रुपैयाँले सस्तो रहेको छ ।
पल्सर १२५ ड्रम ब्रेक भर्सन नेपालमा समेत सार्वजनिक हुने सम्भावना भएको मोटरसाइकल हो । यस्तोमा यसको मूल्य करिब १५ हजार रुपैयाँले सस्तो हुने अनुमान गर्न सकिन्छ । अहिले पल्सर १२५ डिस्क भेरियन्टको मूल्य २ लाख २६ हजार ९०० रुपैयाँ रहेको छ ।
हाल बजाजका मोटरसाइकल नेपालमा नै एसेम्वल हुँदै आइरहेको छ । यस्तोमा भारतीय बजारमा आएका सबै जसो मोटरसाइकल छिट्टै नेपाल भित्र्ने गरेको छ ।
कम्पनीले एनएस २०० एफआई/एबीएस भर्सन भारतमा भन्दा नेपालमा पहिला सार्वजसनिक गरेको थियो । यस्तोमा पल्सर १२५ ड्रम भेरियन्ट नेपालमा छिट्टै भित्रने अनुमान गरिएको छ ।
बजाज पल्सर १२५ मा १२४.४ सीसी सिगंल सिलिन्डर, २ भल्भ, २ स्पार्क, एयरकुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा ११.८ पीएस पावर तथा ६५०० आरपीएममा १०.८ न्यूनट मिटर टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *