अब यामाहा एफजेडएसमा पनि कनेक्टेड फिचर

काठमाडौं । यामाहाले एफजेड सिरिजमा नयाँ फिचर थप गरेको छ । जापानीज मोटरसाइकल निर्माता कम्पनी यामाहाले भारतीय बजारमा नयाँ फिचर थप गरेर एफजेडएफ डार्क नाइट एडिशन ल्याएको हो ।
कम्पनीले पहिलो पटक ब्लुटुथ कनेक्टीभीटी सहितको कन्सोल प्रयोगमा ल्याएको हो । कम्पनीले ‘कनेक्ट एक्स’ नामाकरण गरेको छ ।
यामाहा इन्डियाले एफजेडएस डार्क नाइटको मूल्य १ लाख ७ हजार ७०० भारतीय रुपैयाँ निर्धारण गरेको छ । कम्पनीले यो कनेक्ट एस यामाहाको एफजेड सिरिज अन्तर्गत १५० सीसी रेन्जमा यसलाई एशोसरिजको रुपमा प्रयोग गर्न सकिने समेत जनाएको छ ।
यामाहाको आधिकारिक डिलरमा मार्फत ग्राहकले ब्लुटुथ कनेक्टसहिको इन्स्ट्रुमेन्ट कल्सटर जडान गर्न सक्नेछन् ।
कनेक्ट एक्स एपमार्फत मोटरसाइकल र मोवाइल कनेक्ट गर्न सकिने कम्पनीले जनाएको छ । यो एप एन्ड्रोएड तथा एप्पल स्टोर दुबैमा उपलब्ध रहेको छ ।
यो एप मार्फत ग्राहकले पार्किङमा आफ्नो मोटरसाइकल कहाँ छ भनेर सजिलै पत्ता लगाउन सक्नेछन् । यस्तै स्मार्ट लक मार्फत मोटरसाइकल चोरी हुनबाट बचाउने छ । यस्तै यसमा ट्राभल हिस्ट्री एपमार्फत रेकर्ड हुनेछ । त्यस्तै जीपीएस मार्फत लास्ट टाइम आफ्नो मोटरसाइकल कहाँ पार्किङ गरिएको स्थानसमेत हेर्न सकिने छ ।
नेपालमा यामाहाको सबैभन्दा लोकप्रिय मोटरसाइकल एफजेड सिरिज नै रहेको छ । यामाहाको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेज्ले यामाहा कनेक्ट एक्सलाई छिट्टै नेपाल भित्र्याउने अनुमान गर्न सकिन्छ । नेपालमा टीभीएस र हिरो जस्ता कम्पनीसँग स्मार्ट कनेक्ट फिचर भएको मोटरसाइकल तथा स्कुटर उपलब्ध रहेको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *