आक्रमक नयाँ मूल्यसहित एमजीको इलेक्ट्रीक एसयूभीको बुकिङ खुल्ला

काठमाडौं । एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले विद्युतीय एसयूभी एमजी इजेडएसको नयाँ मूल्य सार्वजनिक गरेको छ । कम्पनीले एमजी इजेएसको नयाँ मूल्य ५९ लाख ९९ हजार रुपैयाँ कायम गरेर बुकिङ खुल्ला गरेको हो ।
सरकारले चालु आर्थिक वर्षको बजेटबाट विद्युतीय कारमा भन्सार, अन्तःशुल्क र सडक निर्माण दस्तुरमा कर वृद्धि गरेसँगै विद्युतीय कारको बुकिङ बन्द गरेको थियो । कम्पनीले बजेटअघि ल्याएको १२० वटा इजेडएस भने पुरानै मूल्यमा बिक्री गरेको थियो ।
यसअघि एमजी इजेडएसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेको थियो । नयाँ करका दरपछि कम्पनीले १० लाख रुपैयाँ मूल्य बढाएर ५९ लाख ९९ हजार कायम गरेको हो ।
यस्तो छ एमजी इजेडएस
एमजी जेडएसकै रेगुलर ग्रिलमा उपलब्ध रहेको एमजी इजेडएसमा आठ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, फरक ड्राइभिङ मोड, क्रुज कन्ट्रोल, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड तथा ६ एयरव्याग र १७ इन्चको डवल टोन अलोय ह्वीलजस्ता फिचरले एसयूभीलाई प्रिमियम बनाएको छ । यो एसयूभीको ग्राउण्ड क्लियरेन्स १७५ एमएम रहेको छ ।

यसको लम्बाई ४३१४ एमएम, चौडाई १८०९ एमएम र उचाई १६४४ एमएम रहेको छ । जसले गाडीको भित्री भाग निकै स्पेशियस देखिएको छ । यसमा २५८५ एमएमको ह्वील वेस दिइएको छ । ११० किलोवाटको इलेक्ट्रीक मोटर जडान गरिएको यो एसयूभीमा ४४.५ किलोवाटको ट्रेनरी लिथियम आयन व्याट्री दिइएको छ । उक्त व्याट्रीमा कम्पनीले ८ वर्षको वारेन्टि प्रदान गर्नेछ ।
एनइडीसीले औषत रेञ्ज ३३५ किलोमिटर प्रदान गर्ने जनाएको गाडीको समग्र पावर उत्कृष्ट रहेको छ । १४८ बीएच पावर र ३५० एनएम टर्क प्रदान गर्ने गाडीले ६.२ सेकेन्डमा १०० किलोमिटरको रफ्तार पकड्न सक्नेछ ।
आठ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, फरक ड्राइभिङ मोड, क्रुज कन्ट्रोल, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड तथा ६ एयरव्याग र १७ इन्चको डवल टोन अलोय ह्वीलजस्ता फिचरले एसयूभीलाई प्रिमियम बनाएको छ । यो एसयूभीको ग्राउण्ड क्लियरेन्स १७५ एमएम रहेको छ ।
यस मोडलमा इलेक्ट्रीक पानारोमिक सनरुफ, इलेक्ट्रीक एड्जस्टेवल सिट, लेदर सिटजस्ता फिचर समावेस रहेको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *