गुगलमा सर्वाधिक खोजी भएका १० इलेक्ट्रीक कार

काठमाडौं । विश्व बजारमा इलेक्ट्रीक कारको खोजी तिब्रगतिमा बढ्दै गएको छ । यस्तोमा विश्वमा सर्वाधिक खोजी हुने कारमा टेस्लाका मोडलहरु सबैभन्दा अगाडि रहेका छन् । सन् २०२० मा सर्वाधिक खोजी भएका विद्युतीय कारमा चल्तीका धेरै जसो मोडल पर्न सफल भएका छन् ।
यस्तोमा हामीले सर्वाधिक खोजी भएका टप १० मोडलको बारेमा हामीले यहाँ जानकारी दिने प्रयास गरेका छौं ।
सन् २०२० को १० महिनामा औषत मासिक १८ लाख ५२ हजार ३५६ मानिसले टेस्ला मोडल ३ खोजी गर्ने गरेका छन् । दोस्रो स्थानमा रहेको निसान लिफ खोज्नेको संख्या ५ लाख ६५ हजार ६८९ रहेको छ ।
त्यसैगरी मासिक ५ लाख ५३ हजार ९९९ जनाले टेस्ला मोडल एक्स खोज्ने गरेका छन् भने, चौथो स्थान पनि ५ लाख २४ हजार ४७९ जनाले खोजी गर्दै टेस्ला मोडल एसलाई नै पारेका छन् ।
पाँचौ सर्वाधिक खोजी हुने कारको सूचीमा बीएमडब्ल्यू आई ३ परेको छ । औषतमा मासिक ३ लाख ४७ हजार ३३३ जनाले बीएमडब्ल्यू आई ३ खोज्ने गरेका छन् ।
फ्रेन्च कार निर्माता कम्पनी रेनोको जोइ सर्वाधिक खोजी भएका कारको सूचीमा छैटौँ स्थानमा रहेको छ । यसलाई सन् २०२० मा मासिक ३ लाख ४३ हजार ८१५ जनाले खोजी गरेका छन् ।
प्रिमियम गाडी उत्पादक कम्पनी अउडीको इट्रोन सातौ धेरै खोजी भएको कार हो । यसलाई २ लाख ७८ हजार ३७९ जनाले खोजी गरेका छन् ।
सूचीको आठौं स्थानमा रेनो टुइजी रहेको छ । यसलाई गुगलमा मासिक १ लाख ६६ हजार ४५९ जनाले खोजी गरेका छन् ।
सूचीको नवौं स्थानमा ज्यागुअर आई पेस र दशौं स्थानमा हुन्डाई कोना रहेको छ । आइ पेशलाई औषत १ लाख ५४ हजार ६४ जनाले खोजी गरेका छन् भने हुन्डाई कोनालाई १ लाख ३६ हजार ३२९ जनाले खोजी गरेका छन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *