बीएस ६ इन्जिनमा नेपाल आयो पोलो ह्याचव्याक, यस्तो छ दशैंमा छुट

काठमाडौं । फक्सवागनले आफ्नो चर्चित ह्याचव्याक कार पोलोको बीएस ६ मोडल नेपाल ल्याएको छ । नयाँ इन्जिनसहित आएको पोलोमा कम्पनीले दशैं स्कीमसमेत सुरु गरेको छ ।
फक्सवागनको आधिकारीक वितरक पुजा इन्टरनेशनलले दशैंको अवशर पारेर पोलोमा नगद १ लाख रुपैयाँ छुट र अन्य विशेष स्कीम दिने जनाएको छ । कम्पनीले आफ्नो अलस्पेश एसयूभीमा भने ६ लाख रुपैयाँ नगद छुट दिने जनाएको छ ।
फक्सवागन पोलोको सुरुवाती मूल्य ३० लाख ९० हजार रुपैयाँ रहेको छ भने, स्कीममा किन्दा २९ लाख ९० हजारमा पाइने छ । कम्पनीले नगद छुटको अलावा निःशुल्क एशोसरिज, ४ वर्षको निःशुल्क सर्भिसिङ, चालु आर्थिक वर्षको सवारी कर, २ वर्षको वारेन्टि, सहज फाइनान्स सुविधा दिने जनाएको छ ।
विभिन्न तीन भेरियन्टमा उपलब्ध पोलो ट्रेन्डलाइन प्लस भेरियन्टको मूल्य ३० लाख ९० हजार, कम्र्फटलाइन भेरियन्टको ३४ लाख ४० हजार र हाइलाइन भेरियन्टको ३९ लाख ९० हजार मूल्य तोकेर बिक्री वितरण हुँदै आएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *