जावा मोटरसाइकल नेपालमा सार्वजनिक, मूल्य ६ लाख २० हजार

काठमाडौं । जावा मोटरसाइकल ब्रान्ड नेपालमा सार्वजनिक भएको छ । बहुप्रतिक्षित ब्रान्ड जावा आज भर्चुअल कार्यक्रम गरेर सार्वजनिक भएको हाे ।
कम्पनीले दशैं अगाडि नै बिक्री सुरु गर्ने लक्ष्यको साथ जावाले यसअघि नै नेपालका मुख्य सहरमा डिलर माग गरेको थियो । क्लासिक लिजेन्डको उपमा पाएको यस ब्राण्डका जावा र जावा ४२ दुई मोडल आज सार्वजनिक भएको हो । भोलिदेखि यसको बिक्री सुरुहुने कम्पनीले जनाएको छ ।
अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइंकले जावा मोटरसाइकल नेपाल भित्र्याएको हो ।
कम्पनीले जावा फोर्टी टु र जावा गरि दुई मोडल नेपालमा सार्वजनिक गरेको हो ।
कम्पनीले जावा फोर्टी टु सिगंल डिस्कको मूल्य ६ लाख २० हजार रुपैयाँ र जावा सिंगल डिस्कको मूल्य ६ लाख ४८ हजार ५०० सय रुपैयाँ तोकेको छ । यस्तै फोर्टी टु डबल डिस्कको मूल्य ६ लाख ४८हजार रुपैयाँ र जावा डबल डिस्कको मूल्य ६ लाख  ७६ हजार ५०० सय रुपैयाँ तोकेको छ । यी दुबैमा सिगंल च्यानल एबीएस र डबल च्यानल एबीएस रहेकाे छ ।
यी दुबै मोडलमा सिंगल डिस्क र डबल डिस्क भर्सन उपलब्ध हुने कम्पनीले जनाएको छ । सिंगल डिस्कको तुलनामा डबल डिस्क २० हजार रुपैयाँले धेरै हुने अनुमान रहेको छ ।
जावा मोटरसाइकलमा ओडोमिटरका लागि डिजिटल रिड आउट, लिक्विड कुलिङ्ग टेक्नोलोजी, रेडिएटर, फ्यूल इन्जेक्शन, क्याटालिक कन्भर्टरजस्ता मोर्डन फिचरहरू दिइएको छ । साथै, यसमा हलोजेन हेडल्याम्प, टेलल्याम्प र बेल्ली प्यान पनि दिइएको छ ।
२९३ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन दिइएको छ । यसमा लगाइएको डीओएचसी इन्जिनले २७ बीएच पावर र २८ एनएम टर्क जेनेरेट गर्छ । यसमा सिक्स स्पीड ट्रान्समिसन जडान गरिएको छ । यस बाइकमा सिङ्गल च्यानल एबीएस सिस्टम दिइएको छ । यो इन्जिन इन्डिया तथा इटालीमा डिजाइन र विकास गरिएको हो ।
बाइकमा पछाडि १८ इन्चको ह्वील दिइएको छ । त्यस्तै, अगाडिको ह्वील १७ इन्चको रहेको छ । बाइकमा फ्लोटिङ्ग क्यालिपरसँगै २८० एमएम डिस्क ब्रेक र १५३ एमएम ड्रम ब्रेक दिइएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *