हुन्डाई आई २० को नयाँ जेनेरेशन मोडल तयार, यस्तो छ सार्वजनिक गर्ने तयारी

काठमाडौं । हुन्डाई मोटर्स इन्डियाले आई २० को नयाँ जेनेरेशन मोडल बजारमा उतार्ने तयारी गरेको छ । कम्पनीले अहिले भारतका विभिन्न क्षेत्रमा परिक्षण गरिरहेको नयाँ मोडल अक्टुबर अन्तिम साता वा नोभेम्बर पहिलो साता सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
हुन्डाईको निकै सफल प्रिमियम ह्याचव्याक कार इलाईट आई २० सुरुमा सार्वजनिक हुने छ । त्यसको केहि महिनापछि मात्रै आई २० एक्टीभ बजारमा आउने छ ।

विभिन्न मिडिया रिपोर्टका अनुसार कम्पनीले नयाँ जेनेरेशन आई २० मा तीन इन्जिन अप्सन दिने छ । जसमा हुन्डाई भेन्यूमा रहेको १.० लिटर टर्बो पेट्रोल, १.२ लिटर कपा पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा आउने छ ।
यसमा कम्पनीले डियुल टोन अलोय ह्वील, ठूलो हेग्जागोनल ग्रिल, नयाँ हेडल्याम्प, फग ल्याम्प र एलइडी टेलल्याम्प दिइएको छ ।
पहिलो पटक सनरुफका साथ ल्याउने तयारी भइरहेको उक्त कारको ड्यास बोर्ड पहिला भन्दा निकै प्रिमियम हुने जनाइएको छ तर, यो विषयलाई कम्पनीले आधिकारीक पुष्टि भने गरेको छैन । यदि यसमा सनरुफ दिइने हो भने यो सेग्मेन्टमा नै पहिलो सनरुफ युक्त कार हुने छ ।
नेपालमा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि आधिकारीक बिक्री वितरण गर्दै आएको हुन्डाई आई २० को नयाँ जेनेरेशन मोडल सन् २०२१ को सुरुवातमा मात्रै आउने अनुमान गर्न सकिन्छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *