मारुती सुजुकीले बलेनो, सेलेरियो र डिजायरको मूल्य बढायो, यस्तो छ सबै १२ मोडलको मूल्य

काठमाडौं । मारुती सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले आफ्नो कारहरु बलेनो, सेलेरियो र डिजायरको मूल्य बढाएको छ । कम्पनीले यी मोडलमा ५० हजार रुपैयाँले मूल्य बढाएको हो ।
मारुती सुजुकी सस्तो कारको लागि निकै परिचित ब्राण्ड हो । कम्पनीले नेपालमा १८ लाख ९९ हजारदेखि ४७ लाख ९९ हजारसम्म मूल्य कायम गरेर नयाँ कारहरु बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले अल्टो, एस प्रेसो, इको, सेलेरियो, वागेन आर, इग्नीस, सेलेरियो एक्स, स्वीफ्ट, बलेनो, डिजायर, ब्रेजा, सियाज, एसक्रस र एक्सएल ६ मोडलको बिक्री गर्दै आएको छ ।
अल्टोको मूल्य १८ लाख ९९ हजारदेखि २२ लाख ९९ हजारसम्म रहेको छ भने एस प्रेसोको मूल्य २२ लाख ९९ हजारदेखि २५ लाख ९९ हजारसम्म रहेको छ ।
त्यसैगरि कम्पनीले बिक्री वितरण गर्दै आएको इको भ्यानको मूल्य २४ लाख ४९ हजारदेखि २४ लाख ६९ लाखसम्म रहेको छ । कम्पनीले बिक्री गर्दै आएको सेलेरियो कारको मूल्य भने बढेको छ । कम्पनीले यसअघि २४ लाख ९९ हजारदेखि २७ लाख ४९ हजारसम्म मूल्य राखेर बिक्री गर्दै आएको सेलेरियोको नयाँ मूल्य २५ लाख ४९ हजारदेखि २९ लाख २९ हजारसम्म रहेको छ ।
मारुती सुजुकीको चर्चित कार वागेन आरको मूल्य २४ लाख ९९ हजारदेखि २७ लाख ९९ हजारसम्म रहेको छ । त्यस्तै इग्नीस मोडलको मूल्य २७ लाख ९९ हजारदेखि ३३ लाख ९९ हजारसम्म तोकेर बिक्री गर्दै आएको छ ।
स्वीफ्ट ह्याचव्याक कारको मूल्य ३० लाख ९९ हजारदेखि ३३ लाख ९९ हजार र बलेनो प्रिमियम ह्याचव्याक कारको मूल्य पनि बढाएको छ । यसअघि ३३ लाख ९९ हजारदेखि ३६ लाख ९९ हजारसम्म रहेको बलेनोको नयाँ मूल्य ३४ लाख ४९ हजारदेखि ३७ लाख ४९ हजार कायम गरिएको छ ।
मारुती सुजुकीले डिजायर सेडान कारको मूल्य भने बढाएको छ । यसअघि ३२ लाख ७९ हजारदेखि ३६ लाख २९ हजारसम्म रहेको डिजायरको नयाँ मूल्य ३४ लाख २९ हजारदेखि ३७ लाख ७९ हजारसम्म तोकिएको छ । कम्पनीले नेपाल ल्याएको पछिल्लो एसयूभी ब्रेजाको मूलय ४१ लाख ६९ हजारदेखि ४४ लाख ६९ हजारसम्म रहेको छ ।
सेडान कार सियाजको मूल्य ३८ लाख २९ हजारदेखि ४२ लाख २९ हजारसम्म तोकेको कम्पनीले एर्टिगाको मूल्य ३८ लाख ९९ हजारदेखि ४४ लाख ९९ हजारसम्म तोकेर बिक्री गर्दै आएको छ ।
मरुती सुजुकीकै सबैभन्दा महंगो मोडल एसक्रसको मूल्य ४२ लाख ९९ हजारदेखि ४८ लाख ९९ हजारसम्म रहेको छ भने एक्सएल६ मोडलको मूल्य ४६ लाख ९९ हजारदेखि ४७ लाख ९९ हजारसम्म रहेको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *