२ लाख ३० हजारमै यामाहा रे-जेडआर एफआई १२५

काठमाडौं । केहि दिनअघि नेपालमा सार्वजनिक भएको यामाहा रे जेडआर विभिन्न तीन भेरियन्टमा नेपालमा बिक्री सुरु भएको छ । कम्पनीले यसको ड्रम भेरियन्टको मूल्य २ लाख ३० हजार रुपैयाँ कायम गरेर बिक्री सुरु गरेको छ भने डिस्क भेरियन्टको मूल्य २ लाख ४४ हजार ९०० र स्ट्रीट र्याली भेरियन्टको मूल्य २ लाख ५४ हजार ९०० रुपैयाँ रहेको छ ।
कम्पनीले सुरुवाती दिनमा स्ट्रीट र्याली भेरियन्टलाई प्राथमिता दिएर सार्वजनिक गरेको थियो । अब कम्पनीले यी तीन वटै भेरियन्टको बिक्री वितरण सुरु गरेको हो । कम्पनीले बीएस ६ इन्जिनमा नेपाल ल्याएको यो स्कुटर किन्न चाहने ग्राहकले विभिन्न अफर समेत पाउने छन् । अन्य कुनै मोटरसाइकल वा स्कुटरसँग एक्सचेन्ज गर्न चाहने ग्राहकले पुरानो साधनको १५ हजार थप मूल्य पाउने छन् ।
नगदमा स्कुटर किन्न चाहने ग्राहकलाई ६ हजार नगद छुट दिने अफर गरेको छ भने एकै पटक डाउन पेमेन्ट तिर्न नसक्नेका लागि १० प्रतिशत डाउन पेमेन्ट र ५० प्रतिशत डाउन पेमेन्ट गर्नेलाई सून्य प्रतिशत व्याजदरमा कर्जा दिने योजना अगाडि ल्याएको छ ।
यस्तो छ स्कुटरअल न्यू रेजेड आर १२५ मा १२५ सीसी, एयर कुल्ड, ४ स्ट्रोक, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ६५०० आरपीएममा ८.२ पीएस पावर तथा ५००० आरपीएममा ९.७ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटर ०-६० को स्पीड मात्र ७.५९ सेकेन्डमा भेट्छ ।
यसमा ट्युवलेस टायर दिइएको छ भने फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा स्वीङ यूनिट रहेको छ ।
यो स्कुटरको तौल ९९ केजी रहेको छ जुन सेग्मेन्टकै सबैभन्दा कम हो । तर, कम्पनीकै यामाहा फसिनो १२५ एफआईसँग भने बराबर हो । रेजेड आर १२५ मा फसिनोमा रहेको धेरै फिचर समान रहेका छन् । साइड स्यान्ड इन्जिन किल सेन्सर, अटोमेटीक इन्जिन स्लिपरअन जस्ता फिचर यसमा ग्राहकले पाउने छन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *