यी हुन् नेपालमा सर्वाधिक बिक्री हुने ४ मोटरसाइकल, तपाईको रोजाइमा कुन

काठमाडौं । नेपालमा मोटरसाइकलको बिक्री बढ्दो क्रममा रहेको छ । सार्वजनिक यातायातको कमजोर उपस्थिति र निजी कारको आकाशिदो मूल्यका कारण धेरै मानिसले मोटरसाइकल किन्ने गरेका छन् ।
नेपालमा अहिले दुई दर्जनभन्दा बढी ब्राण्डले आफ्ना उत्पादन बिक्री गर्दै आएका छन् । यस्तोमा कुन मोडल सबैभन्दा बढी बिक्री हुँदै आएको छ भन्ने अन्योल ग्राहकहरुमा रहेको पाइन्छ ।
नेपालमा १५० सीसी सेग्मेन्टका मोटरसाइकलको बिक्री सबैभन्दा धेरै रहेको छ । यो सेग्मेन्टमा सबैभन्दा बढी मोटरसाइकल बजाजले बिक्री गर्दै आएको छ । बजाजलाई यामाहाले पच्छाइरहेको छ भने होन्डा र टीभीएसपनि दौडमा समेल रहेका छन् ।
नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल बजाज पल्सर १५० हो । दुई भेरियन्टमा उपलब्ध बजाज पल्सर १५० को बिक्री वार्षिक करिब ३६ हजार यूनिट हुने गरेको छ ।
त्यसैगरि यामाहाको एफजेडएस भी थ्रि अर्को सफल मोडल हो । युवाको विशेष रोजाइमा रहेको एफजेडएस भी थ्रि वार्षिक १७ हजार यूनिट हाराहारीमा बिक्री भइरहेकोछ ।
यामाहालाई पच्छाइरहेको होन्डाले भने १२५ सीसी क्षमताको साइन मोटरसाइकल बिक्री गर्दै आएको छ । कम्पनीले वार्षिक १५ हजार यूनिट हाराहारीमा साइन बिक्री गर्दै आएको छ ।
अर्को नेपालमा धेरै बिक्री हुने मोटरसाइकल टीभीएस अपाचे हो । कम्पनीले वार्षिक १२ हजार यूनिट हाराहारीमा अपाचेका विभिन्न मोडल बिक्री गर्दै आएको छ ।
मूल्यका हिसावले यी ४ मोटरसाइकलमा सबैभन्दा महंगो मोडल यामाहा एफजेडएस भी थ्रि हो । यसको मूल्य ३ लाख २३ हजार ९०० रुपैयाँ रहेको छ । एफआई इन्जिन र एबीएससहित बिक्री हुँदै आएको यो मोडल यामाहाको नयाँ च्याचिस र फ्रेममा निर्माण भएको हो ।
टीभीएस अपाचे १६० फोर भीको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँदेखि ३ लाख ५ हजार ९०० रुपैयाँसम्म रहेको छ । कम्पनीले आजबाटै विभिन्न थप ३ भेरियन्टमा अपाचे आरटीआर १६० फोर भीको बिक्री सुरु गर्दैछ ।
मूल्य, स्टाइल र पावरको कारण बजाज पल्सर १५० नेपालमा सफल भएको हो । यसको सिंगल डिस्क भेरियन्टको मूल्य २ लाख ५९ हजार ९०० रुपैयाँ र डबल डिस्क भेरियन्टको मूल्य २ लाख ७१ हजार ९०० रुपैयाँ रहेको छ ।
दशैंको अबशरमा मोटरसाइकल किन्न चाहने ग्राहकलाई बजाज, यामाहा र टीभीएसले सून्य प्रतिशत व्याजदरमा नै कर्जा दिने अफर ल्याएका छन् । साथै, नगदमा मोटरसाइकल किन्ने ग्राहकलाई बजाजले १० हजार, टीभीएसले ९ हजार र यामाहाले ८ हजार नगद छुट दिने योजना ल्याएका छन् ।
होन्डाले भने १ रुपैयाँ डाउन पेमेन्ट, एक रुपैयाँ मासिक किस्ता वा एक प्रतिशत व्याजदरको स्कीम चलाई रहेको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *