जीप कम्पासको नयाँ भेरियन्ट सार्वजनिक, मूल्य १ करोड १९ लाख

काठमाडौं । नेपालका लागि अमेरिकी ‘आइकनिक ब्रान्ड’ जीपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले कम्पासको लिमिटेड प्लसमा ९-स्पिड डिजेल अटोमेटिक ट्रान्समिसनसहित सार्वजनिक गरेको छ । अल ह्विल ड्राइभ भएको नयाँ कम्पासमा बीएस ६ प्रदुषण मापदण्डको २.० लिटरको ४ बाई ४ डिजेल अटोमेटिक इन्जिनमा उपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम १७३ पीएस पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ ।
नयाँ कम्पास लिमिटेड प्लस डिजेल अटोमेटिक ‘एजायल, क्विक् र पावरफुल एसयुभी’ हो जसले विकट भौगोलिक बनोट भएको अफरोडमा मात्र होइन घना बस्ती भएको सहरी क्षेत्रका सडकमा हुने भीडभाड, खाल्डाखुल्डी, अव्यवस्थित निर्माण कार्य, बोटलनेकहरु र त्यसले उत्पन्न गर्ने ट्राफिक जाममा पनि आरामदायी ‘ड्राइभिङ एक्सपिरियन्स’ दिलाउँछ । त्यसैले, नयाँ कम्पास डिजेल अटोमेटिकलाई ‘द अर्बान अफरोडर’ भनी पोजिसनिङ गरिएको छ । यो ‘९–स्पिड डिजेल अटोमेटिक’ र ‘४ बाई ४ क्यापाबिलिटी’ दुवै भएको क्लासकै पहिलो एसयुभी हो ।
नयाँ कम्पास लिमिटेड प्लस डिजेल अटोमेटिकमा क्र्युज कन्ट्रोल, ड्युअल पेन पानोरामिक सनरुफ, प्लस लेदर इन्टेरियर, भ्वाइस कन्ट्रोलसहितको ८.४ इन्च यु कनेक्ट इन्फोटेनमेन्ट सिस्टम, ८ वे पावर्ड ड्राइभर सिट, अटो हेडल्याप्म, रेन सेन्सिङ वाइपर, अटोडिमिङ आईआरभीएम, १८ इन्चको एलोई ह्विल र ६ वटा एअर ब्याग रहेका छन् ।
साथै यसमा प्यासिभ इन्ट्रि, पुश-बटन स्टार्ट, डुअल जोन एअर कन्डिसनिङ, टु-टोन इन्टेरियर पनि रहेको छ । यसको सेलेक टेरेनमा अटो, स्यान्ड, मड र स्नोसहित अलह्विल ड्राइभ सिस्टम पनि रहेको छ । कम्पासको यो टप-एन्ड मोडलको मूल्य एक करोड १८ लाख ९० हजार तोकिएको छ ।
नयाँ भेरियन्टको सार्वजनिक गर्दै एमएडब्लु लाइफका बिजनेस हेड जोजु जोस थट्टिलले भने, ‘जिप कम्पसको रेञ्जलाई अझ बलियो र व्यापक बनाउन हामीले डिजेल अटोमेटिक भेरियन्ट ल्याएका हौं । हामी हाम्रा ग्राहकलाई प्रडक्ट मात्र दिँदैनौं, उहाँहरुलाई नयाँ जीवनशैली पनि दिन्छौं । नयाँ कम्पासमा अहिले ग्राहकले खोज्नुहुने सबै इलेक्ट्रिोनिक फिचरहरु लोडेड त छन् नै जिपले विगत आठ दशकदेखि उपलब्ध गराउँदै आउको अतुलनीय इन्जिनियरिङ, बेजोड सुरक्षा र अद्वितीय ४ बाई ४ क्यापाबिलिटीमा पनि कुनै सम्झौता गरिएको छैन ।’
एमएडब्लु लाइफले दसैंतिहारको अवसर पारेर एक्सचेन्ज क्याम्पेन पनि संचालन गरिरहेको छ । ‘एक्सचेन्ज विथ जिप’ नाम दिइएको यो क्याम्पेनमा ग्राहकले अभुतपूर्व एक्सचेन्ज बोनस पाउने कम्पनीले जनाएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *