आजबाट बिक्री सुरु हुँदै टाटा अल्ट्रोज, ४ भेरियन्टमा उपलब्ध हुने

काठमाडौं । सिप्रदी ट्रेडिङले टाटा अल्ट्रोजलाई आजबाट आधिकारीक रुपमा नेपालमा बिक्री सुरु गर्ने भएको छ । आधिकारीक बिक्री सुरु गर्न टाटाले बेलुकी एक कार्यक्रमको आयोजना गर्दैछ ।
निकैअघि नेपाल ल्याउने तयारी गरिएको अल्ट्रोज कोभिड १९ को संक्रमण फैलिएसँगै आउन सकेको थिएन । आजबाट बिक्री सुरु हुने अल्ट्रोज विभिन्न ४ भेरियन्टमा नेपाल आउन लागेको सिप्रदी ट्रेडिङले जानकारी दिएको छ ।
कम्पनीले ल्याउने उक्त ह्याचव्याक कारले मारुती सुजुकी बलेनो र हुन्डाई इलाइट आई २० सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
निकै आरामदायी, ठूलो स्पेश, विशिष्ट फिचर तथा ठूला कारको जस्तै पर्फर्मेन्स रहने दाबी गरिएको अल्ट्रोज कम्पनीले आफ्नो नयाँ अल्फा प्लाटफर्ममा निर्माण गरेको हो ।
अल्ट्रोजको चेसिसमा कम तौलको मेटलको प्रयोग गरिएको छ भने आकर्षक हेडलाइट र डे टाइम रनिंग लाइटको फिचर यसमा उपलब्ध रहेको छ । कारमा अल ब्ल्याक ड्याशबोर्ड र ३४१ लिटरको बुटस्पेश रहेको छ ।
१७ इन्च अलोय ह्वील लगाइएको अल्ट्रोजको लम्बाई ३९८८ एमएम, चौडाई १७५४ एमएम र उचाई १५०४ एमएम रहेको भने यसको ह्वीलवेश २५०१ एमएम रहेको छ ।
अल्ट्रोजमा १.२ लिटर टर्बोचार्ज थ्री सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । यसले ५५ सय आरपीएममा १०२ एचपी पावरका साथै १७५० देखि ४ हजार आरपीएममा १४० एनएम टर्क उत्पादन गर्छ । यसमा ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको प्रयोग गरिएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *