बीरगञ्ज आइपुग्यो नयाँ ब्राण्डको प्रिमियम एसयूभी (भिडियोसहित)

काठमाडौं । पुरानो जर्मन ब्राण्ड बगुवार्डको नयाँ एसयूभी नेपाल आएको छ । कम्पनीले नेपालको लागि ल्याएका एसयूभी बीरगञ्ज भन्सारमा आई पुगेको हो ।
अघिल्लो वर्षनै नेपाल ल्याउने तयारी भएको यो एसयूभी दशैंको अवशर पारेर नेपाल आएको हो । कम्पनीको आधिकारीक वितरकको रुपमा डिएसएन ग्लोबल रहेको छ ।
सन् १९२९ मा जर्मन व्यवसायी कार्ल एफ डब्ल्यू बगुवार्डले स्थापना गरेको यो कम्पनीले उत्पादन गरेका क्लासिक कारहरु निकै चर्चित रहेका थिए ।

पछिल्लो दिनमा उक्त कम्पनीको स्वामित्व चिनीयाँ कम्पनीले खरिद गरेपछि एसयूभी उत्पादन सुरु गरेको हो । निकै प्रिमियम फिचरको साथ तयार भएको बगुवार्डको बीएक्स ५ मोडल अहिले नेपाल आएको हो ।
यसको लम्बाई ४४९० एमएम, चौडाई १८७७ एमएम र उचाई १६७५ एमएम रहेको छ । यसमा २६८५ एमएमको ह्वीलवेस दिइएको छ ।बीएक्स ५ दुई इन्जिन अप्सनमा नेपाल आएको छ । जसमा १.४ लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिन र २.० लिटर फोर सिलिण्डर इन्जिन उपलब्ध रहने छ ।
टर्बो इन्जिनले अधिकतम ५५०० आरपीएममा १५० पीएस पावर र १७५० देखि ४००० आरपीएममा २५० एनएम टर्क प्रदान गर्ने छ । साथै २.० लिटर इन्जिनले अधिकतम ५००० आरपीएममा २२४ पीएस पावर र ३०० एनएम टर्क प्रदान गर्ने छ ।

अल ह्वील ड्राइभ सिस्टम सहितको एसयूभीमा दिइएको दुबै इन्जिनमा ६ स्पीड अटोमेटिक गियरबक्स उपलब्ध रहेको छ ।
एसयूभीमा अटोमेटिक हेलोजेन हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, एलइडी टेल लाइट, किलेस इन्ट्री, ८ इन्चको इफोटेन्टमेन्ट सिस्टम, सिंगल जोन एसी, डायमन्ड फ्रन्ट ग्रिल, १८ इन्च अलोय ह्वील जस्ता फिचर दिइएको छ ।
सुरक्षाको लागि कारमा ६ एयरव्याग, भेहिकल स्टेविलिटी कन्ट्रोल, एबीएस, इबीडी, ब्रेक एसिस्ट, इलेक्ट्रोनिक्स पार्किङ ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम, हिल स्टार्ट असिस्ट, हिल डिसेन्ट कन्ट्रोल जस्ता फिचर उपलब्ध रहेको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *