दशैंमा नेपाल आउला बजाजको पहिलो २५० सीसीको मोटरसाइकल, यस्तो छ तयारी

काठमाडौं । बजाज ब्राण्ड नेपालमा निकै सफल रहेको छ । अहिले कम्पनीले १०० सीसीदेखि २२० सीसीसम्मका मोटरसाइकल बिक्री गर्दै आएको छ । अब भने २५० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल नेपाल ल्याउने भएको हो ।
गोल्छा ग्रुप अन्तर्गतको हंशराज हुलासचन्द एण्ड कम्पनीले नेपालमा बिक्री वितरण गर्दै आएको बजाजका मोटरसाइकलमा कम्पनीले नयाँ मोडल थप गर्ने भएको हो । बजाजले यसअघि नेपालमा बिक्री गर्दै आएको डोमिनार ४०० कै डिजाइनमा नयाँ मोटरसाइकल तयार भएको छ ।
भारतमा विगत ८ महिनादेखि बिक्री वितरण हुँदै आएको डोमिनार २५० नेपाल आउने तयारी भइरहेको बिक्रेता कम्पनीले जनाएको छ ।
‘अहिले बाइकलाई नेपाल ल्याउने प्रकृया सुरु भएको छ । संभवत दशैंमा ग्राहकले यो मोटरसाइकल किन्न सक्ने छन्’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
यस्तोमा नयाँ डोमिनार २५० मा के कस्ता विशेषता छन् भन्ने विषयमा हामीले जानकारी दिने प्रयास गरेका छौं ।
यस्ता छन् विशेषता
बजाज डोमिनार २५० मा सबै लाइट एलइडी प्रयोग गरिएको छ । सानो विन्डस्कृन, मस्कुलर फ्यूल ट्याङ्क, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टरको साथमा अर्को सानो डिस्प्ले, इन्जिन कौल, सिग्नेचर एलइडी हेडल्याम्प, ट्वीन व्यरेल एग्जस्ट, अलोय ह्वील, स्प्लीट सिट जस्ता मुख्य फिचर डोमिनार २५० मा दिइएको छ ।

कम्पनीले यसमा २४८.८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी इन्जिन दिएको छ । उक्त इनिजनले अधिकतम ९००० आरपीएममा ३० पीएस पावर र ७५०० आरपीएममा २४ एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीडको गियरबक्स र स्लिपर क्लच दिएको छ ।
साइज
डोमिनार २५० को लम्वाई २१५६ एमएम, चौडाई ८१३ एमएम, उचाई १११२ एमएम, ह्वीलबेश १४५३ र ग्राउन्ड क्लियरेन्स १५७ एमएम रहेको छ ।
यसमा १७ इन्च अलोय ह्वील रहेको छ । साथै, डोमिनारमा डबल च्यानल एबीएस उपलब्ध रहेको छ । यसको फ्यूल ट्याङकमा समेत सानो डिस्प्ले दिइएको छ । उक्त डिस्प्लेमा ओडोमिटर, टाइम र गियर इन्डिकेटर देख्न सकिन्छ ।
मूल्य
नेपालमा बजाज डोमिनार २५० को मूल्य ४ लाख २५ हजार हारहारी रहने हाम्रो अनुमान छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *