गाडी सार्वजनिक गर्ने थलो बन्दै युट्यूब, दशैंलाई केन्द्रमा राखेर बिक्री सुरु हुँदै नयाँ कार

काठमाडौं । दशैं नजिकिएसँगै कम्पनीहरुले नयाँ गाडी बजारमा उतार्न सुरु गरेका छन् । विगतका वर्षमा नाडा अटो शो मार्फत चाडपर्व केन्द्रित नयाँ गाडी बजारमा ल्याउँदै आएका कम्पनीहरुले भट्टाभट अनलाईन प्ल्याटर्फम मार्फत नयाँ गाडी सार्वजनिक गर्न थालेका हुन् ।
चाडपर्व केन्द्रित गरेर यसअघि नै स्कोडाले र्यापीड टिएसआई इन्जिनमा सार्वजनिक गरेको थियो । त्यस्तै डिएफएसकेले ग्लोरी ५६० एसयूभी गतहप्ता बजारमा ल्यायो भने गतहप्ता नै हुन्डाईले इन्ट्री लेवल सेडान कार अउरा र फोटोनले यही हप्ता टुनल्यान्ड पीकअप बजारमा ल्याएका छन् । यी सबै गाडीहरु आधिकारीक कार्यक्रम नगरिकनै बजारमा बिक्री सुरु भएका हुन् ।
अब हुन्डाई, रेनो, फक्सवागन, टाटा लगायतका ब्राण्डले नयाँ कार सार्वजनिक गर्न लागेका छन् । टाटाले भोलि बेलुका ५ बजे आफ्नो आधिकारीक युट्यूब च्यानल मार्फत नयाँ कार अल्ट्रोज सार्वजनिक गर्दैछ । कम्पनीले अल्ट्रोज सार्वजनिक कार्यक्रममा टाटा मोर्टसका प्रतिनिधि, सिप्रदीका प्रतिनिधि र पत्रकारहरुलाई एउटै प्ल्याटर्फममा ल्याएर अन्तक्र्रिया गर्ने तयारी गरिरहेको छ ।
त्यस्तै हुन्डाईका दुई नयाँ कार नेपाल आएका छन् । जसमा नयाँ जेनेरेशन क्रेटा र ग्राण्ड आई १० नियोस छन् । यी दुबै कारलाई कम्पनीले कसरी सार्वजनिक गर्ने भन्ने विषयमा छलफल भइरहेको जनाएको छ । संभवत कम्पनीले यी कारपनि डिजिटल माध्यमबाटै सार्वजनिक गर्ने छ ।
अर्को सार्वजनिक हुने तयारीमा रहेको कार हो फक्सवागन पोलो र भेन्टो । यसअघि उपलब्ध रहेको इन्जिन परिवर्तन भएर टिएसआई इन्जिनको साथ आउन लागेको पोलो पहिलेभन्दा करिब ३२ हर्सपावर बढी शक्ति प्रदान गर्ने इन्जिनमा आउँदै छ ।यी सबै कार भारतमा लागु भएको नयाँ प्रदुषण मापदण्डमा आधारित रहेर आउने छन् । रेनो क्वीड फेसलिफ्ट पनि यही हप्ता सार्वजनिक हुने छ ।
नयाँ उत्पादन ल्याएर दशैंमा बिक्री बढाउने लक्ष्य लिएका कम्पनीहरुलाई कोरोना संकटका बीच बिक्री बढाउन निकै मुस्किल बन्दै गएको छ ।
समय कुर्दै बीएमडब्ल्यू
विश्व चर्चित प्रिमियम कार उत्पादक कम्पनी बीएमडब्ल्यूका उत्पादन नेपाल आएरपनि बिक्री सुरु हुन सकेको छैन । लक्ष्मी प्रिमियमले नेपाल ल्याएको बीएमडब्ल्यू ब्राण्ड नै लन्चिङ गर्नु पर्ने भएकाले कम्पनीले सहज वातावरण कुरिरहेको अनुमान लगाउन सकिन्छ ।
जेठ महिनामा नै नेपाल आएका बीएमडब्ल्यूका कार कोभिड कै कारण सार्वजनिक हुन सकिरहेको छैन ।
अफरको तयारीमा कम्पनीहरु
विगतमा जस्तै नयाँ गाडी किन्नेलाई चाडपर्वमा कस्तो अफर दिने भन्ने विषयमा कम्पनीहरु आन्तरिक छलफलमा जुटिरहेका छन् । संभवत अर्को हप्ताबाट कार किन्ने ग्राहकलाई लक्षीत गर्दै कम्पनीहरुले नयाँ अफर ल्याउने छन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *