यामाहाको नयाँ स्कुटर लन्च कार्यक्रम हेर्नेले स्कुटर जित्न सक्ने, यसरी गर्नुस् नाम दर्ता

काठमाडौं । यामाहाको आधिकारीक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले असोज ७ गते सार्वजनिक गर्न लागेको नयाँ १२५ सीसीको मोटरसाइकल रे जेडआरको प्रत्यक्ष प्रशारण हेर्नेले नयाँ स्कुटर जित्न सक्ने योजना ल्याएको छ । कम्पनीले ल्याएको योजना अनुसार लक्ड्री मार्फत एक जनाले नयाँ स्कुटर रे जेडआर १२५ जित्न सक्ने छन् ।
त्यसको लागि लक्की ड्रमा सहभागिता जनाउन https://yamaha.com.np/rayzr-register-win/ मा गएर पहिला आफ्नो नाम रजिस्टर गर्नु पर्छ भने, ७ गते बेलुका ७ बजेबाट हुने प्रत्यक्ष प्रशारणमा सहभागि बन्नु पर्ने छ । उक्त कार्यक्रमको प्रत्यक्ष प्रशारण यामाहाको युबट्यूब च्यानल https://www.youtube.com/yamaha-nepal/live मा हुने छ ।
लाइभ कार्यक्रममा सहभागिता जनाउन चाहने मानिसले माथिको लिंक मार्फत रिमाइन्डर बटमको प्रयोग गर्न सक्ने छन् । कोभिड १९ को कारण कुनै स्थान विशेषमा कार्यक्रम गर्न नसकिने अवस्था आएकोले युट्यूव च्यानल मार्फत नयाँ मोटरसाइकल सार्वजनिक गर्न लागेको यामाहा नेपालले जनाएको छ ।
यामाहाले ल्याएको नयाँ रे जेडआर १२५ स्कुटरमा एफआई इन्जिनको प्रयोग गरिएको छ । यस्तोमा नयाँ टेक्नोलोजीका धेरै मोटरसाइकल र स्कुटर ल्याउदै आएको यामाहाको प्रडक्ट लाइनअपमा रेजेडआर १२५ थपिने भएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *