नयाँ जेनेरेशन हुन्डाई क्रेटा र किया सेल्टोसबीच प्रतिस्पर्धा, कुनमा कस्ता सुविधा

काठमाडौं । हुन्डाईले नयाँ जेनेरेशन क्रेटा नेपालमा बिक्री सुरु गर्ने तयारी गरिरहेको छ भने किया सेल्टोस गतवर्षबाट नै बिक्री सुरु भएको मोडल हो । यी दुई मोडलबीच भारतमा पनि कडा टक्कर परिरहेको छ । यस्तोमा नेपालमा पनि यी दुई एसयूभीकोबीच टक्कर हुने अनुमान गरिएको छ ।
हुन्डाईका गाडी नेपालमा लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले बिक्री गर्दै आएको छ भने कियाका गाडी कन्टिनेन्टल्स ट्रेडिङले विक्री गर्दै आएको छ । यी दुबै गाडीमा धेरै फिचर समान रहेका छन् भने डिजाइनमा भने धेरै परिवर्तन देख्न सकिन्छ ।
दुबै गाडीमा एउटै इन्जिन उपलब्ध रहेको छ । हुन्डाई मोटर्स कम्पनीको अधिनमा रहेका यी दुबै ब्राण्डको बीचमा हुने प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ । दुबै कोरियन ब्राण्डले ल्याएको क्रेटा र सेल्टोस भारतमा उत्पादन भएका उत्पादन हुन् ।
बजारमा उपस्थितिका हिसावले क्रेटा पुरानो मोडल हो भने, किया सेल्टोस नयाँ मोडल हो । यस्तोमा दशैंको अवशरमा तपाईले एसयूभी किन्ने सोच बनाउनु भएको छ भने यी दुई मोडलमा रहेका भिन्नता थाहापाउनुहोस् ।
एउटै इन्जिन
किया सेल्टोस र हुन्डाई क्रेटा एउटै इन्जिनमा उपलब्ध रहेको छ । कम्पनीले यी एसयूभीमा समान १.५ लिटर पेट्रोल, १.४ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध गराएको छ । यी गाडीले प्रदान गर्ने पावर र टर्क पनि समान रहेको छ । गियरबक्सपनि दुबैमा एउटै प्रदान गरिएको छ ।
इन्जिनको हिसावले यी दुई एसयूभी किन्नेले दुबैमा समान पावर, माइलेज र पर्फमेन्स पाउने छन् ।
लुक्स
दुबै एसयूभी निकै स्पोर्टी डिजाइनमा तयार भएका छन् । दुबैमा थ्रि पिस एलइडी हेडल्याम्प र डेटाइम रनिङ लाइट दिइएको छ । तर, दुबैमा हेडल्याम्पको डिजाइन भने फरक पाउन सकिन्छ ।

हुन्डाई क्रेटामा बम्परमा फगल्याम्प, कर्भि क्यासगेडिङ ग्रिल, अलोय ह्वील, एलइडी टेल ल्याम्प क्लष्टर दिइएको छ ।
सेल्टोसमा टाइगर नोज ग्रिल, बम्परमा आल्मुनियम बोर्डर, एलइडी टेल ल्याम्प, क्रोम फिनिस जस्ता बिशेषता पाउन सकिन्छ ।
साइज
सेल्टोसको लम्बाई ४३१५ एमएम, चौडाई १८०० एमएम र उचाई १६४५ एमएम रहेको छ । हुन्डाई क्रेटाको लम्बाई ४३०० एमएम, चौडाई १७९० एमएम र उचाई १६३५ एमएम रहेको छ । यी दुबै एसयूभीमा समान २६१० एमएमको ह्वीलवेस र ४३३ दिटरको बुटस्पेश पाउन सकिन्छ ।
साइजमा किया सेल्टोस १० देखि १५ मिलिमिटर ठूलो रहेको छ ।
ड्यासबोर्ड
कियाले भारतमा उत्पादन गरेको पहिलो एसयूभी सेल्टोसको ड्यासबोर्डमा स्टाइलिस फिचरहरु दिएको छ । सेल्टोसको ड्यासबोर्डमा सिल्भर र पियानो व्ल्याक फिनिस पाउन सकिन्छ भने सफ्टटच मेटेरियलको प्रयोग गरिएको छ । यसको डोर प्यानल र ड्यासबोडमा डबल स्टेचिङ लेदरको प्रयोग गरिएको छ । सेल्टोसमा पनि १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको थियो ।

क्रेटाको ड्यासबोर्डमा हार्ड साइनिङ प्लास्टीकको प्रयोग गरिएको छ । पूर्णत व्याक कलरको प्रयोग गरिएको ड्यास बोर्ड सफा देखिन्छ भने यसमा प्रयोग गरिएको १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टमले एसयूभीको ड्यासबोर्ड आकर्षक देखाएको छ ।
अन्य समान फिचर
दुबै एसयूभीमा एयर प्यूरिफायर, रियर विन्डो व्लाइन्ट, टायर प्रेसर मोनिटर, ड्राइभिङ मोड अप्सन, अटो हेडल्याम्प, स्टेरिङ एड्जस्ट, कनेक्ट फिचर, पानारोनीक सनरुफ, पार्किङ क्यामेरा, पार्किङ सेन्सर, ६ वटासम्म एयरव्याग, एबीएस, इबीडी र इएससी जस्ता फिचर रहेका छन् ।
मूल्य
मूल्यको हिसावले पनि यी दुबै एसयूभी लगभग समान रहेका छन् । यद्यपी क्रेटाको स्टायडर्ड भेरियन्ट किया सेल्टोको तुलनामा केही सस्तो हुने छ ।
हुन्डाईले नयाँ क्रेटाको मूल्य सार्वजनिक गरेको छैन । यस्तोमा कम्पनीले मूल्य सार्वजनिक गरेपछि मात्रै तुलना गर्न सकिने छ ।
तर, सेल्टोसको सुरुवाति मूल्य भने ४९ लाख ९० हजार रुपैयाँ रहेको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *